‘रविविरूद्ध जाहेरी परेको छैन भन्ने प्रहरीको जवाफ जनताले पत्याउलान् ?’



काठमाडौं । नेपाली कांग्रेसकी सांसद शान्ति विकले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरूद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले कुनै जाहेरी नपरेको भनी सर्वोच्च अदालतमा पठाएको जवाफलाई पीडितले पत्याउलान् भन्दै प्रश्न गरेकी छन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद विकले माघ २२ गते दर्ता भएको जाहेरी प्रहरी प्रशासनको अभिलेखमा नभेटिएको जवाफ दिइएको भन्दै यसलाई जनताले पत्याउन नसक्ने बताएकी हुन् ।

‘०८०-८१-०४२६ -१२९ २०८० माघ २२ गते दर्ता भएको जाहेरी दरखास्त दर्ता प्रहरी प्रशासनको अभिलेखमा नै नभेटिएको जवाफ महान्यायाधिवक्तामार्फत दिइएको छ,’ उनले भनिन्, ‘नेपाल प्रहरीले दिएको अभिव्यक्ति पीडित र नेपाली जनताले पत्याउन सक्छन्?’

प्रहरी प्रशासनको यस्तो अभिव्यक्तिले जिबी राईलाई पक्राउ गर्नेमा शंका उत्पन्न भएको उनले बताइन् ।
सरकारले चाहेको खण्डमा राईलाई ल्याउन सक्ने उनले बताइन् ।


क्लिकमान्डु