देशभरका करिब ८० प्रतिशत वडाको आयस्रोत मालपोत मात्रै



काठमाडौं । देशभरको कूल वडामध्ये दुई तिहाइ वडाको आम्दानीको मुख्य स्रोत मालपोत वापतको कर भएको पाइएको छ ।

राष्ट्रिय तथ्याँक कार्यालयले बुधबार सार्वजनिक गरेको सामुदायिक विवरण तथ्याँकअनुसार देशभरका ६ हजार ७ सय ४३ वडामध्ये दुई तिहाई वडाको आम्दानी (राजस्व) को मुख्य स्रोत मालपोत तथा भूमिसम्बन्धी करवापतको रकम रहेको छ ।

कार्यालयले बुधबार राष्ट्रिय जनगणना २०७८ अन्तर्गत सामुदायिक विवरण तथ्याँक सार्वजनिक गरेको छ । तथ्याँक अनुसार ५ हजार २ सय ९४ वडाको मुख्य आयस्रोत मालपोत कर रहेको फेला परेको हो ।

वडाहरुको दोश्रो स्थानमा आयको स्रोतको रुपमा विभिन्न प्रकारका सेवा शुल्क दस्तुर रहेको पाइएको हो । ४ हजार ६ सय ५८ वडाको दोश्रो आय स्रोतको रुपमा सेवा शुल्क दस्तुर र ३ हजार ६ सय ८ वडाको तेश्रो आय स्रोतको रुपमा सम्पति कर रहेको पाइएको हो ।


क्लिकमान्डु