सिंहदरबार भित्रको क्यान्टिनबाट काठमाडौं महानगरले गर्‍यो बालबालिकाको उद्धार



काठमाडौं । आज विश्व बाल श्रम विरुद्धको दिवस । उमेर नपुगेका बालबालिकालाई विभिन्न घरेलु काममा लगाउनु, विभिन्न होटल, रेस्टुराँहरुमा काममा लगाउनु गैरकानुनी हो ।

यही सन्दर्भमा कानुनको पालन हुने, र कानुन बनाउनेहरु बस्ने संघीय सरकारको केन्द्र सिंहदरबारबाट काठमाडौं महानगरपालिकाको बाल उद्धार टोलीले बाल श्रम शोषणमा परेका २ जना बालबालिकाको उद्धार गरेको छ ।

सिंहदरबारमा रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको क्यान्टिनबाट उनीहरुको उद्धार गरिएको हो ।

बालबालिकालाई भाँडा माग्ने,टेबुल सफा गर्न लगाउने लगायत विभिन्न काममा प्रयाग गरिएको पाइएको महानगरले जनाएको छ।


क्लिकमान्डु