कुवेतमा कामदार बस्ने घरमा आगलागी हुँदा ४१ जनाको मृत्यु, नेपाली पनि परेको आशंका



एजेन्सी । कुवेतमा कामदार बस्ने घरमा आगलागी हुँदा ४१ जनाले ज्यान गुमाएका छन् । दक्षिण कुवेतको मंगाफ सहरमा बुधबार आगलागी हुँदा ४१ जनाको मृत्यु भएको हो भने कयौं घाइते भएका छन् ।

उपप्रधानमन्त्री शेख फहाद युसुफ साद अल सबाहले घटनास्थलको निरीक्षणको क्रममा ४१ जनाको ज्यान गट्ठकोपुष्टि गरे ।

उनले रियल स्टेट मालिकहरुमाथि घटनाको आरोप लगाए । उनीहरुको लापरबाही र लोभले घटना घटेको प्रधानमन्त्रीले बताएको रोयटर्सले उल्लेख गरेको छ । उपप्रधानमन्त्री सहाब कुवेतको आन्तरिक तथा रक्षा मन्त्री हुन् ।

स्थानीय समयअनुसार विहान ६ बजे आगो सल्किएको थियो । घरेलु कामदारलाई राख्ने बिल्डिङमा आगो लागेपछि केही दर्जन कामदारलाई उद्दार गरिएको थियो । बाँकीको निसास्सिएर ज्यान गएको थियो ।

उद्दार गरिएका ४३ मध्ये ४ जनाले अस्पतालमा ज्यान गुमाएका थिए । घटना नेपालीहरुसमेत परेको आँकलन कुवेतस्थित नेपाली राजदूतावासले उल्लेख गरेको सञ्चारमाध्यमले उल्लेख गरेका छन् । राजदूतावासले स्थिती बुझ्न तीन जनालाई घटनास्थलमा पठाएको छ । भारतीय दूतावासले भने ३० भारतीय घाइते भएको उल्लेख गरेको छ ।


क्लिकमान्डु