युवा तथा जलवायु कार्य सम्मेलन २०२४ सम्पन्न



काठमाडौं । ब्रिटिस काउन्सिलको आयोजनामा सञ्चालन भएको युवा तथा जलवायु कार्य सम्मेलन २०२४ सम्पन्न भएको छ ।

हरित अर्थतन्त्र र जलवायु कार्यमा युवा नेतृत्वको अन्तरसम्बन्ध पत्ता लगाउने उद्देश्यले विभिन्न क्षेत्रका सरोकारवाला निकायको जमघट भएको उक्त सम्मेलनमा जलवायु परिवर्तनसँगै चुनौती तथा अवसरको बारेमा छलफल भएको थियो ।

नेपालका लागि वेलायती राजदूत एचई रोव फेनले जलवायु परिवर्तनको असर नेपाल र बेलायतको साझा चुनौती भएकाले उक्त असरसँग मिलेर लड्नुपर्ने जानकारी दिए ।


क्लिकमान्डु