विज्ञ भन्छन्- ‘विश्‍वभरकै फोन असुरक्षित छ’



एजेन्सी । विश्वव्यापी रुपमा विश्व सञ्चारको प्रविधि खतरनाक रुपमा असुरक्षित रहेको भन्दै सुरक्षा विज्ञहरुले चेतावनी दिएका छन् । केही वर्षदेखि नै यस्तो दाबी गरिए पनि हालै अमेरिकामा यसको प्रयोग पुस्टि भएको अनतर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकामा मानिसहरुको जासुसी गर्न विश्व सञ्चार प्रविधिको प्रयोग गरिएको बताइएको छ । अमेरिकाको साइबर सुरक्षा र पूर्वाधार सुरक्षा एजेन्सीमा कार्यरत अधिकारी केभिन ब्रिग्सले धेरैपटक यस्तो प्रविधिको अनधिकृत प्रयासका सफल प्रयोग भएको बताएका छन् । लोकेसन, डेटा, भ्वाइस र टेक्स्ट म्यासेज चोर्नका लागि मात्रै नभएर स्पाइवेयर वितरणमा पनि यस्ता अनधिकृत रुपमा चोरी गर्न सम्भव भएको उनले बताएका छन् । स्पाइवेयरलाई भने टेलिफोन नै कब्जा गर्न सकिने सफ्टवेयरको रुपमा लिइन्छ ।

जसको माध्यमबाट विदेशबाट अमेरिकी मतदाताहरुलाई प्रभाव पार्ने काम भएको उनको भनाइ छ । यसबारे सबैभन्दा पहिले प्रविधिबारे लेख्ने ४०४ मिडिया नामक सञ्चारमाध्यमले लेखेको थियो । टेलिकम फर्महरूलाई कलहरू सेट अप गर्न र व्यवस्थापनका लागि डेटा आदानप्रदान गर्ने अनुमति दिने प्रविधि १९७० मा नै विकसित भएको पनि बताइएको छ ।

टेलिफोनमा १९७० को दशकमा नै प्रयोग गरिएको एसएस७ लाई लिएर विश्वभरको सञ्चारमा असुरक्ष औल्याइएको हो । एसएस७ लाई भने विश्वभर सार्वजनिक स्विच टेलिफोन नेटवर्कको अधिकांश भागमा टेलिफोन कललाई सेट गर्न र तोड्नका लागि प्रयोग हुने सिग्नलिङ प्रटोकलहरुको सेटको रुपमा बुझिन्छ ।

अमेरिकी घरेलु सुरक्षा सम्बन्धी विभागका अनुसार एसएस७ एक असुरक्षाको रुपमा रहेको पनि विज्ञले बताएका छन् । साथै विश्वव्यापी रूपमा रहेका हजारौं प्रवेश बिन्दुहरूमध्ये धेरैलाई आतंकवाद वा जासुसीलाई समर्थन गर्ने राज्यहरूद्वारा तिनको नियन्त्रण भएको पनि उनीहरुले बताए ।


क्लिकमान्डु