भन्सार बदनाम भो, पैसा कमाउने थलो बन्यो: स्वर्णिम वाग्ले



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. स्वर्णिम वाग्लेले भन्सार बदनाम शब्द बनेको टिप्पणी गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा भन्सार विधेयकमाथिको छलफलका क्रममा अर्थविद् समेत रहेका सांसद वाग्लेले पैसा कमाउने थलोको रुपमा भन्सारलाई लिइने गरिएको बताए ।

‘भन्सार एउटा बदनाम शब्द बनेको छ । यो मालदार अड्डाको रूपमा चिनिन्छ,’ वाग्लेले भने, ‘पैसा कमाउने थलो, सेटिङ, चुहावट, तस्करी, करछली, अवैध व्यापारको लागि पर्याय नै बनेको छ ।’


क्लिकमान्डु