माओवादी केन्द्रका सांसद दाहाललाई राष्ट्रिय सभा अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की आछामीले सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नारायणप्रसाद दाहाललाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन् ।

मंगलबार बोलाइएको राष्ट्रिय सभा बैठकमा उनले माओवादी केन्द्रका सांसद दाहाललाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका हुन् । सांसद आछामीले २०२७ सालदेखि नेपालको राजनीतिक क्रियाशील रहेका दाहाललाई समर्थन गरी मतदान गरिदिन अनुरोध गरे ।

‘राजनीतिक आन्दोलनको लामो इतिहास छ । २०२७ सालदेखि विद्यार्थी आन्दोलनमा सहभागी भएर उहाँले राजनीतिक यात्रा शुरु गर्नुभएको छ । २०३१ सालबाट पार्टी राजनीतिक सुरु गर्नुभयो’ उनले भने ।

यसअघि नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले पार्टीको तर्फबाट युवराज शर्मालाई सो पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।


क्लिकमान्डु