फेवातालबाट केबलकार चढेर सराङकोट जान पाइने, यसरी निर्माण हुँदैछ (स्केचसहित)




काठमाडौं । पोखराको फेवाताल किनारा देखि सराङकोटसम्म निर्माण हुने केवलकारको निर्माणकार्य सुरु भएको छ । प्राविधिक कार्य जारी रहेकोले आगामी असोज महिनाबाट भने पिल्लर निर्माणको कार्य सुरु हुने निर्माण कम्पनीले जनाएको छ ।

अवको १८ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको केवलकार निर्माणपछि पोखरामा नयाँ ‘प्रडक्ट’ थपिने छ । अन्नपुर्ण केबलकार प्रालिले पर्यटकीय स्थल साराङकोटलाई लक्षित गरेर केबलकार निर्माण गर्न लागेको हो ।

पोखरा २६ सेदी देखि पोखरा २६ सराङकोटसम्म जानेगरि केबलकार निर्माण गर्न लागेको हो । केबलकारमा ७५ प्रतिशत नेपाली व्यवसायी र १५ प्रतिशत विदेशी लगानीकर्ताको र १० प्रतिशत स्थनीयलाई साधारण शेयर जारी गर्नेगरी निर्माण गर्न लागिएको हो ।

कम्पनीले पिल्लर रहेने ठाउँको निजी जग्गा किनिसेकेको र केबलकारको तार पर्ने ठाउँको जग्गाका धनीलाई शेयर दिने तयारी कम्पनीको छ । केबल कार निर्माणका लागि करिब एक अर्व खर्च लाग्ने अनुमान गुरुङको छ ।

झन्डै १ अर्ब रुपैयाँ लागत अनुमान गरिएको अन्नपूर्ण केवलकारमा सनराईज बैंक र राष्ट्रिय वाणिज्य बैंकले सहवित्तियकरणमा ६६ करोड रुपैयाँ लगानी गर्ने छन् । उक्त परियोजनामा नेपाली व्यवसायी कालु गुरुङ तथा जापानी मुलका नेपाली नागरिक टाकासी मियाहारा मुख्य लगानीकर्ता हुन् ।

यस्तो बन्दै छ केवलकार
जापानी कम्पनी निप्पोनको प्रविधिबाट बन्ने २ दशमलव २ किलोमिटर लम्बाइ रहने केबलकारका १३ वटा टावर तथा १६ देखि ३६ डिब्बा रहनेछन् ।

पहिलो चरणमा ८ जना यात्रु बस्न सक्ने १७ वटा डब्बा संचालनमा आउनेछ । यात्रुको संख्या बढ्दै जादा आवश्यकता अनुसार डब्बा थप गर्दे लैजाने कम्पनीको योजना छ ।

७ देखि ९ मिनेटसम्मको केबलकारको यात्रामा हिमाल, ताल र पोखराको उत्कृष्ट दृश्यावलोकन हुने भएकाले पर्यटकका लागि नयाँ गन्तब्य बन्ने छ । केबलकारको यात्रामार्फत एकैपटक फेवाताल, शान्ति स्तूपा, हिमश्रृंखला र पोखरा बजारसँगै आसपासका स्थान अवलोकन गर्न सकिनेछ ।

केबलकार निर्माणको सबै काम चितवन कोईले पाएको छ । नेपालमा संचालनमा रहेको मनकामना र चन्द्रागिरी केबलकारमा जस्तै यसमा पनि सोही प्रविधि अनुसार एउटा तारमा कार झुन्डिने छन् । यो प्रविधिलाई डोपल मेयरको गोन्डोला प्रविधि भनिन्छ ।

मुख्य लगानीकर्ता कालू गुरुङका अनुसार १७ वटा डब्बाबाट प्रति घण्टा ५ सय जनालाई सेवा दिन सक्ने बताए । पछि थप गरेर ३५ वटा डब्बा पु¥याउन सकिने योजना रहेको गुरुङ बताउँछन् । एउटा डब्बामा ८ जनायात्रु बस्न सक्ने छन् ।

केबलकार निर्माणका लागि वरपरको जग्गाप्राप्तिको काम समेत सम्पन्न भएको भइसकेको छ । वन क्षत्रे पर्ने २४ रोपनी जग्गाको अन्यत्र सट्टा जमिन दिई ४० वर्षका लागि सरकारसंग लिजमा लिएको हो ।

कम्पनीले पिल्लर रहेने ठाउँको निजी जग्गा किनिसेकेको र केबलकारको तार पर्ने ठाउँको जग्गाका धनीलाई शेयर दिने तयारी कम्पनीको छ । केबल कार निर्माणका लागि करिब एक अर्व खर्च लाग्ने अनुमान गुरुङको छ ।

यसरी दिइने छ शेयर
केबलकार क्षेत्रमा १ देखि ८ आना जग्गा पर्नेलाई ५० हजारको शेयर, ८ आना देखि १ रोपनी सम्म जग्गा पर्नेको १ लाख बराबरको शेयर दिने तयारी कम्पनीको छ । १ अर्बको १० प्रतिशत अर्थात १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता शेयर शेयर स्थानीयलाई दिइने तयारी कम्पनीको छ ।

अन्नपुर्ण केबलकार निर्माण तथा सञ्चालनका लागि तीन बर्ष अगाडि २०७० जेठमा नै उद्योग विभागमा कम्पनी दर्ता भएको थियो । तर विभिन्न कारणले निर्माण प्रक्रिया सुरु हुन सकेको थिएन । केवलकार निर्माण पछि करिब २ सय जनाले रोजगारी पाउने छन् ।


क्लिकमान्डु