श्रीलंकाकै हालतमा पाकिस्तान, अर्थतन्त्रमा कसरी जोडिएको छ चिया ?
एजेन्सी । के पाकिस्तान पनि श्रीलंकाको हालतमा पुगेको छ ? घटनाक्रमहरुले पुष्टि गर्दै लगेको छ । अब संकट श्रीलंकाबाट पाकिस्तानतर्फ सरेको छ ।
किनकी, संकटको भुमरीमा परेको अर्थतनत्र जोगाउन सबैभन्दा खराब विकल्प मानिएको चिया जोगाउने अभियानमा पाकिस्तान सरकार लागेको छ ।
मानिसलाइहरुलाई लाग्न सक्छ । चिया र अर्थतन्त्रमा कहाँ कसरी तार जोडिएको छ ? हो, पाकिस्तानको अर्थतन्त्रका चियाको हिस्सा अन्यानोश्रित तरिकाले जोडिएको छ ।
पाकिस्तानका केन्द्रीय योजना तथा विकासमन्त्री एहसान इकबालले देशको आर्थिक अवस्था सुधार गर्न जनतालाई कम चिया पिउन केही दिन पहिले मात्रै आग्रह गरेका थिए ।
उनले अर्थतन्त्र जोगाउने हो भने संकटको यस घडीमा एक कप यी कम पिउँदा केही फरक पर्दैन ।
उनको यो भनाई यर्थाथसँग नजिक छ कि वा राजनीतिक उद्देश्यका लागि भनिएको हो । यस विषयमा खोजी गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार चियाको अर्थतन्त्र नै समग्र पाकिस्तानको अर्थतनत्रसँग जोडिएको छ ।
भाइरल भएको एक भिडियोमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘हामीले प्रत्येक कप चिया घटाउनुपर्छ भनेर जनतालाई अपील गरेका छौं ।’
किनभने हामीले जुन चिया आयात गर्छौ, त्यो पनि ऋण लिएर आयात गर्नु परेको छ । चिया पिउन पनि ऋण लिनुपर्ने वाध्यता हाम्रो सामु छ । सोही कारण गाह्रो नमानीकन सरकारको आग्रहलाई स्वीकार गर्नुस् ।’
एहसान इकबालको यो भनाइमा तिखो प्रतिक्रिया प्राप्त भएको छ । किनकी, मानिसहरु चिया छाड्न सक्ने अवस्थामा छैनन् ।
पाकिस्तानी नागरिक रेहम खानले ट्वीटरमा लेखेकी छिन्, ‘पहिले आधा रोटी, अब चिया पनि कम गर ? चियामा कुनै मजाक छैन है सर ।’
आक्रोशित पाकिस्तानी पत्रकार मेइद अलीले भनेका छन् ‘यो आम मानिससँग ठट्टा गरिएको हो । यदि चियाको कप घटाउछौ भने, यहाँ चिया कसले कसरी पाइरहेको छ ? यहाँ पेट्रोल र अन्य मूल्यका कारण मानिसहरु आक्रोशित भएका छन् । खराब अवस्था त उनको छ ।
जसले दैनिक जीवन पनि सहजरुपमा चलाउन पाएका छैनन् ।’ उनीहरूले के भनेका छन् त्यो हेर्नु पर्दैन । लज्जास्पद विषय अगाडि सारेर खासमा सरकार के गर्न खोजीरहेको छ । यी नेताहरू आफ्ना जनताबाट त्यति टाढा छन् जति हामीलाई थाहा छ ।
उनको बयानको तीव्र आलोचनाको बीचमा, एहसान इकबालले ट्विटरमा एक स्क्रिनसट साझा गरे, जस अनुसार पाकिस्तानले सन् २०२० मा करिब ५९० मिलियन डलरको चिया आयात गरेको थियो । यो सूचीमा पाकिस्तानको नाम शीर्ष स्थानमा थियो ।
पाकिस्तानी रुपैयाँ नेपाली रुपैयाँभन्दा पनि तल झरेको छ । यसले ठूलो विनाश निम्त्याइरहेको छ ।
पाकिस्तान लामो समयदेखि नराम्रो आर्थिक संकटबाट गुज्रिरहेको छ । पाकिस्तानको विदेशी विनिमय कोष जुलाईमा १६ अर्ब डलर थियो, जुन यस वर्षको जुनको पहिलो साता १० अर्ब डलरमा झरेको छ ।
पाकिस्तानले लामो समयदेखि आइएमएफबाट ऋण लिन खोज्दै आएको छ । यसो गर्नुको पछाडि अर्थतन्त्रमा देखिएको संकट नै खास कारणहो । उसले ऋण दिनुअघि पाकिस्तान सरकारलाई इन्धनमा दिइएको सरकारी अनुदान समाप्त गर्ने सहित कठोर नीति र उपकरणको प्रयोग गर्न भनिएको छ ।
पाकिस्तान विश्वमा सबैभन्दा बढी चिया आयात गर्ने देश हो । पाकिस्तान चिया संघका प्रमुख जावेद इकबाल पराचाका अनुसार पाकिस्तानले हरेक वर्ष २३ देखि २४ करोड किलोग्राम चिया आयात गर्छ, जसमा पाकिस्तानको वार्षिक आयातको मूल्य मात्रै करिब ४५ करोड डलर बराबर रहेको छ ।
‘चिया पाकिस्तानी जनताको लागि जीवन रेखा जस्तै हो,’ उनी भन्छन् । केन्द्रीयमन्त्री इकबालको बयान यस्तो समयमा आएको थियो जब पाकिस्तान कठिन आर्थिक अवस्थाको सामना गरिरहेको छ । त्यहाँ खाद्यान्न र अन्य वस्तुको मूल्यवृद्धिले आम जनतामा पीडा थपेको छ ।
पाकिस्तानको विदेशी मुद्रा सञ्चिति फेब्रुअरीमा १६ अर्ब डलर थियो, जुन जुनको पहिलो हप्तामा १० अर्ब डलरमा झरेको छ । यो रकमले दुई महिनाको मात्रै आयात धान्न सक्नेछ । कमजोर बन्दै गएको अर्थतन्त्रलाई बचाउन पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोषलाई हेरिरहेको छ । पाकिस्तानमा तेलमा दिइने अनुदान घटाउन केही दिनमा मात्रै तेलको मूल्य ३ पटक बढाइएको छ । २६ मे देखि हालसम्म पेट्रोलको मूल्यमा ८४ पाकिस्तानी रुपैयाँले वृद्धि भएको छ ।
पाकिस्तान चिया संघका प्रमुख पराचाले केन्द्रीय मन्त्री इकबालको भनाइलाई राजनीतिक भने र उनका अनुसार पाकिस्तानमा चियाको खपत घटाउन सम्भव नभएको प्रतिक्रिया दिए ।
उनी भन्छन्, ‘हामी कहाँ चिया खानेकुरा हो । यो पेयपदार्थ होइन, विलासिताको वस्तु पनि होइन । गरिबले एक कप चिया र रोटीले जीवन गुजारा गर्छ ।’
पाकिस्तानमा धेरै वर्षदेखि प्रतिव्यक्ति चियाको वार्षिक खपत एक केजीमा स्थिर रहेको भए पनि प्रत्येक वर्ष जनसंख्याको साढे दुईदेखि तीन प्रतिशतले बढ्दै गएकाले चियाको खपत पनि बढेको छ ।
पाकिस्तानमा चियाको वार्षिक उत्पादन १० टन छ । र, यो केवल ५० हेक्टरमा खेती गरिन्छ । जसका कारण पाकिस्तानले धेरैजसो चिया आयात गर्नुपर्छ ।
पाकिस्तानमा आयात हुने अधिकांश चिया केन्या, तान्जानिया, युगान्डा र बुरुन्डीजस्ता पूर्वी अफ्रिकी देशहरूबाट आउँछन् । यी देशबाट चिया किन्ने कम मूल्यबाहेक यहाँबाट चिया आयात गर्नुको अर्को कारण पनि छ ।
पराचा भन्छन्, ‘त्यहाँ चिया बनाउन कम खर्च हुन्छ, जसलाई पाकिस्तानी उपभोक्ताले मन पराउँछन् । उदाहरणका लागि, चार चम्चा चिया छ जना मानिसका लागि पुग्छ । अरू कुनै क्षेत्रमा उत्पादन हुने चिया प्रयोग गर्ने हो भने चिया पक्कै मिल्छ । तर, त्यो दुई पटक मात्रै प्रयोग गर्न सकिन्छ ।
कम चिया खर्च गरेर पैसा जोगाउन सकिन्छ । तर, मुद्रास्फीतिले पाकिस्तानमा चिया छोडेको छैन ।
त्यहाँ एक किलो चियाको मूल्य ८५० पाकिस्तानी रुपैयाँ पर्छ । पराचाका अनुसार करिब चार महिनाअघि चियाको मूल्य एक सय रुपैयाँभन्दा कम थियो ।
यस्तो अवस्थामा मन्त्री इकबालको चिया कम पिउने भनाइले पाकिस्तानको आर्थिक अवस्था कस्तो छ र त्यसका लागि आईएमएफको सहयोग कति आवश्यक छ भन्ने संकेत गर्दैन ?
पाकिस्तानी अर्थशास्त्री परवेज ताहिरको विश्वास छ कि इकबालले यस्तो भनाई सार्वजनिक गर्नु हुँदैनथ्यो ।
उनी भन्छन्, ‘अहिलेको अवस्था यस्तो छ कि तपाईंले आईएमएफले भनेको सबै कुरा मान्नुपर्छ । तपाईंसँग कुनै विकल्प छैन । म जस्तो व्यक्ति जसले आईएमएफलाई कहिल्यै समर्थन गरेको छैन । उसले (आईएमएफ) के भनेको मात्र हो । हामीले गर्नैपर्छ । किनभने यो वित्तीय घाटाको कुरा होइन, चालु खाता घाटाको कुरा पनि हो । हामीले विश्वलाई १६–१७ अर्ब डलर फिर्ता गर्नुपर्छ । त्यो पनि ऋण लिएरमात्रै सम्भव छ ।’
पाकिस्तानको संघीय राजस्व बोर्डका पूर्वप्रमुख सैयद शब्बर जैदीका अनुसार इकबाललाई गम्भीरतापूर्वक लिनु आवश्यक छैन ।
‘हामी यो सरकारलाई गम्भीर रूपमा लिदैनौं । किनकी, यो अदालतबाट आएको सरकार हो । जनताप्रति जिम्मेवार छैन । फगत यो कामचलाऊ मात्रै छ’ उनले भने ।
पीटीआई प्रमुख इमरान खानको सरकारले बहुमत गुमाएपछि शाहबाज सरिफको नेतृत्वमा विभिन्न दलको समर्थनमा बनेको सरकारले देशमा शासन गरिरहेको छ ।
जैदी भन्छन्, ‘हाम्रो पहिलो प्राथमिकता ७० अर्ब डलरको आयात खर्चलाई ६५ अर्ब डलरमा झार्ने हो । किनभने हामीले ७० अर्ब डलरको आयात खर्च धान्न सक्दैनौं । हामीले हरेक डलर बचत गर्नुपर्छ ।’
जैदीका अनुसार, पाकिस्तानको मुद्दा यो हो कि मानिसहरू यहाँ रमाइलो जीवन बिताइरहेका छन् ।
उनी भन्छन्, ‘पाकिस्तानमा जनजीवन खराब छ भन्ने गलत धारणा तपाईहरूलाई छ । मैले मुम्बई, दिल्ली, आगरा देखेको छ । मेरो बुबा आगराबाट पाकिस्तान बसाइँ सरेका थिए । हामी भारतलाई राम्ररी चिन्छौं । पाकिस्तानमा मध्यम वर्ग एकदमै आरामदायी अवस्थामा छ ।
पाकिस्तानी अर्थशास्त्री ताहिर बताउँछन् कि एक समयमा जब पाकिस्तानको कमाईको ८० प्रतिशत ऋण तिर्नमा जान्छ । त्यस्तो अवस्थामा पनि पाकिस्तान डिफल्ट हुनेछैन ।
हालै पाकिस्तानका अर्थमन्त्री मिफ्ताह इस्माइलले तेलको मूल्य बढाउने जस्तो कठिन कदम नचालेको भए पाकिस्तानको हालत श्रीलंका जस्तो हुने बताएका थिए ।
ताहिर भन्छन्, ‘पाकिस्तानको अर्थतन्त्रको उत्पादनमा आयातले ठूलो भूमिका खेल्छ । निर्यातको तुलनामा आयात छिटो बढ्छ । जब पाकिस्तानले ४-५ प्रतिशतको वृद्धिदरबाट माथि जान खोज्छ, भुक्तानी सन्तुलनको समस्या जन्मन्छ । यसको मतलब त्यहाँ छ । देशमा कुनै मूल्य श्रृंखला छैन ।’
बर्लिनमा, फाइनान्सियल एक्शन टास्क फोर्स वा एटीएफको बैठक जुन १७ सम्म चल्ने छ । पाकिस्तानी मिडियामा अनुमान गरिएको छ कि पाकिस्तान टास्क फोर्सको ग्रे लिस्टबाट बाहिर जान सक्छ ।
एटीएफ मनी लान्ड्रिङ र आतंकवादलाई आर्थिकरूपमा पहुँचयोग्य बनाउने जस्ता खतराहरूसँग काम गर्ने अन्तर्राष्ट्रिय संस्था हो ।
पाकिस्तान सन् २०१८ देखि एफएटीएफको ग्रे लिस्टमा रहेको र यो सूचीमा पर्दा देशमा लगानी वा आर्थिक गतिविधिमा असर पर्ने विश्वास गरिन्छ
जैदी आशावादी छन् कि पाकिस्तान सूचीबाट बाहिरिनेछ । किनभने हामीलाई जे भनियो, हामीले त्यो गरेका छौ । अर्थशास्त्री ताहिरका अनुसार एफएटीएफको निर्णय र आईएमएफको पाकिस्तानप्रतिको कदममा नजिकको सम्बन्ध छ ।
यदि पाकिस्तान एफएटीएफको ग्रे लिस्टबाट बाहिर गयो भने यो आईएमएफले पाकिस्तानलाई ऋण दिने जस्ता कदम अघि बढाउने संकेत गरेको हुने उनको भनाइ छ ।
तर, यदि पाकिस्तान यो सूचीमा रह्यो भने यो पाकिस्तानका लागि ठूलो समस्या र संकटको विषय हुनेछ । पाकिस्तानी सञ्चार माध्यमहरुको विवरणमा आधारित