मर्जर वा प्राप्तिको सैद्दान्तिक सहमति पाएका बीमा कम्पनीले समितिको स्वीकृति नलिई मर्जर भंग गर्न नपाउने



काठमाडौं । गाभ्न, गाभिन तथा प्रािप्तका लागि सैद्दान्तिक सहमति प्राप्त गरेका बीमा कम्पनीहरूले गाभ्ने, गाभिने वा प्राप्ति (एक्विजिशन) प्रक्रियालाई आफूखुशी भंग नगर्न नपाउने भएका छन् ।

समितिले कम्पनी ऐन तथा मर्जर सम्बन्धी निर्देशिकाअनुसार मर्जर सम्बन्धी प्रकृया शुरू भई सैद्दान्तिक सहमति प्राप्त भएका तथा सहमतिका लागि निवेदन दिन इच्छुक कम्पनीहरूलाई यस्तो निर्देशन दिएको हो ।

गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सैद्दान्तिक सहमति प्राप्त गरेका बीमा कम्पनीहरूले मर्जर तथा एक्वीजिसन प्रकृयालाई मनासीव कारण सहित बीमा समितिको स्वीकृति नलिई आफुखुशी भंग गर्न नपाउने भएका हुन् ।

तर, बीमा कम्पनीले मानसीव कारण खुलाई सञ्चालक समितिको निर्णय तथा संयुक्त मर्जर वा एक्वीजिसन समितिको सहमति सहित निवेदन पेश भएमा बीमा समितिले सैद्धान्तिक सहमति रद्ध गर्न सक्ने व्यवस्था भने समितिले गरिदिएको छ ।

मर्जरपश्चात् बन्ने बीमा कम्पनीमा सर्वसधारणको ३० प्रतिशत सेयर स्वामित्व हुने भएको छ ।

समितिले आज परिपत्र जारी गर्दै मर्जर पश्चात बन्ने बीमा कम्पनीहरूमा सर्वसाधारणको सेयर स्वामित्व न्यूततम ३० प्रतिशत हुनुपर्ने व्यवस्था गरेको हो ।

समितिले मर्जर सम्बन्धी प्रकृया शुरू भई सैद्दान्तिक सहमति प्राप्त भएका तथा सहमतिका लागि निवेदन दिन इच्छुक कम्पनीहरूलाई जारी पुँजीको न्यूनतम ३० प्रतिशत सेयर सर्वसाधारणको हुने गरी व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

समितिका अनुसार सर्वसाधरण सेयर जारी गरीसकेका वा गर्न बाँकी रहेका कम्पनीहरू समेत एकआपसमा गाभ्न, गाभिन वा प्राप्तिका लागि योग्य मानिने छन् ।

तर, मर्जर तथा एक्वीजिशन पश्चात कायम हुने बीमा कम्पनीको कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणको लागि बिक्री गर्नुपर्ने र नपुगेको अंश सर्वसाधारणमा सेयर जारी गर्ने व्यवस्था मिलाउन समितिले निर्देशन दिएको छ ।

समितिका अनुसार मर्जरपश्चात् कायम हुने बीमा कम्पनीहरूले बीमा कोष र अनिवार्य जगेडा कोषको अनुपात तोकिएअनुसार हुनुपर्ने छ ।


क्लिकमान्डु