बिटक्वाइन अर्को मुद्राको स्रोत बन्न सक्छ ? एल साल्भाडोरको परीक्षणले के देखाउँदैछ



एजेन्सी । भर्चुअल मुद्राको रुपमा रहेको बिटक्वाइनको प्रयोगका सन्दर्भमा संसारभर नै विभिन्न खालका बहस भइरहेका छन् । केहीले यसलाई अदृश्य संरचना र सम्पत्ति भन्दै प्रयोग गर्न मानेका छैनन् भने केहीले यसलाई सहर्ष स्वीकार गरेका छन् । दक्षिण अमेरिकी देश एल साल्भाडोरले बिटक्वाइनलाई मान्यता दिएको छ । तर, मानिसहरुमा एक प्रकारको त्रास भने कायम रहेको बीबीसीले जनाएको छ ।

क्वाइनमार्केट क्यापका अनुसार बुधबार बिटक्वाइनको मूल्य ४४ हजार ६४१ डलर रहेको छ । नेपाली मुद्रामा हिसाब गर्दा १ बिटक्वाइन बराबर ५२ लाख ४९ हजार २४५ रहेको छ ।

अमेरिकाको सेन्ट्रल युनिभर्सिटीले गरेको अध्ययनअनुसार १ हजार २८१ जनालाई बिटक्वाइनको बारेमा सोधिएको प्रश्नमा मात्रै ४.८ प्रतिशतले मात्रै त्यसका बारेमा जानकारी रहेको र यसको प्रयोग कसरी हुन्छ भन्ने बारेमा थाहा भएको बताएका थिए । प्रश्न गरिएका मध्ये ६८ प्रतिशतबढीले आधिकारिक भुक्तानीका लागि प्रयोग गरिने विषयमा आफूहरुलाई थाहा नभएको बताएका थिए ।

पछिल्ला दिनमा बिटक्वाइनको मूल्यमा असामान्य वृद्धि देखिएको थियो । सन् २०२० को सेप्टेम्बरका प्रतिबिटक्वाइनको मूल्य मात्रै १० हजार अमेरिकी डलर मात्रै थियो । सन् २०२१ को अप्रिलामा त्यो बढेर ६३ हजार डलर बराबरको बिन्दुमा पुगेको थियो ।

पछिल्ला केही सातामा बिटक्वाइनको मूल्य ५१ हजार डलर बराबर रहेको थियो । मूल्य बढ्दा आम मानिसलाई फाइदा भएपनि सधै त्यस्तो रहने अवस्था रहदैन । सोही कारण समस्या थप बल्झन सक्ने आलोचकहरुको भनाइ छ ।

क्यानडाका सबैभन्दा ठूलो क्रिप्टोकरेन्सीका संस्थापकको अचानक मृत्यु भएपछि १५ अर्ब ७५ करोड नेपाली रुपैयाँ बराबरको मुद्रा हराएको छ ।

संस्थापक गेराल्ड कोटेनको गत डिसेम्बरमा मृत्युभएपछि ती मुद्रा कहाँ छन् भन्ने बारेमा आम विश्वले थाहा पाउन सकेको छैन । किनकी, सबै पासवर्ड उनीसँगै रहेकाले पनि उक्त मुद्रा हराएको बताइन्छ ।

एल साल्भाडोरमा प्रचलनमा ल्याइएको सो मुद्राका बारेमा मानिसहरुमा त्रास र उत्साह दुवै देखिएको जानकारहरुको भनाइ छ ।

उक्त देशमा सम्भव रहेका सबै स्थानका व्यवसायमा विवादास्पट डिजिटल मुद्रालाई भुक्तानीको रुपमा स्वीकार गर्नुपर्ने नियम बनाइएको बीबीसीले जनाएको छ । त्यहाँ नयाँ सरकारी वालेट एप डाउनलोड गर्ने अपेक्षा पनि गरिएको छ ।

वालेट डाउनलोड गरिएको खण्डमा ३० अमेरिकी डलर बराबरको बिटक्वाइन उपलब्ध हुने बताइएको छ । बिटक्वाइनका समर्थकले ३० अमेरिकी डलर बराबरको डिजिटल मुद्रा खरिद गरेर अस्थिर ठानिएको मुद्रालाई बलियो बनाइएको बताएका छन् ।

आम संसारमा बिटक्वाइनको प्रयोग गर्ने वा नगर्ने भन्ने सन्दर्भमा विवाद भइरहेको बेला एलसाल्भाडोरको निर्णयलाई भने परीक्षणको रुपमा हेरिएको छ ।


क्लिकमान्डु