पैसा तयार पार्नुहोस्, चुनाबपछि आउँदै छ ३ अर्बको आइपिओ 



काठमाडौं । अहिले नेप्से केही स्थीर छ । चुनाव नजिकिंदै जाँदा नेप्सेबाट आम लगानीकर्ताको ध्यान नेप्सेबाट चुनाबतिर मोडिनु स्वभाविकै पनि हो । धेरै लगानीकर्ताहरु भोट हाल्न वा आफ्नो उम्मेदवारको पक्षमा माहोल बनाउन गृह जिल्लातर्फ लागिसकेको अवस्था पनि छ ।

शान्ति पूर्णस्थानीय निकायको चुनाव, निर्वाचित जनप्रतिनिधीहरु, उनीहरुले आगामी दिनहरुमा जनतासँगको सहकार्यमा चलाउने बिकास निमार्णको कार्यक्रम र यस चुनावमा भएको सरकारी खर्चले वित्तीय ब्यवस्थामा पार्ने प्रभाव आदिले सेयर बजारको आगामी दिशा तय गर्ला ।

यसैबीच नेप्सेमा चुनाव लगत्तै नयाँ कम्पनीहरु सुचिकरणको तयारीमा छन् । केही कम्पनीहरुले सार्वजनिक निष्काशनको लागि धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेका छन् भने केही स्वीकृतिको प्रतिक्षामा छन् ।

केही जलविद्युत कम्पनीले प्रभावित जिल्लाका सर्वसाधारणका लागि सेयर निष्काशन गर्दैछन् । उनीहरुले बाँकी सर्वसाधारणका लागि फेरी अर्को निष्काशन गर्नुपर्ने छ ।

हाल ४ वटा जलबिद्युत् कम्पनीले धितोपत्र बोर्डबाट सेयर निष्काशनको अनुमति पाइसकेका छन् भने केहीको सेयर आवेदन खुल्ला नै छ ।

राधी बिद्युत् कम्पनीले अहिले प्रभावीत क्षेत्रका बासिन्दालाई सेयर निष्काशन गरिरहेको छ । ४ लाख १० हजार कित्ताको यो निष्काशन आगामी जेठ ३ गते बन्द हुँदैछ । यसैगरी छ्याङ्दी हाइड्रोपावरले द्यितोपत्र बोर्डबाट अनुमति पाइसकेको हुनाले चुनाव लगत्तै सेयर निष्काशन गर्दैछ ।

मैलुङ खोला जलबिद्युत र रैराङ हाइड्रोपावरले पनि प्रभावीत क्षेत्रका बासिन्दालाई छिट्टै सेयर जारी गर्दैछन् । उनीहरुले पनि सेयर द्यितोपत्र बोर्डबाट स्वीकृति पाइसकेका छन् । जलबिद्युत आयोजनाहरुले १० प्रतिशत सेयर प्रभावित क्षेत्रका बासिन्दालाई छुट्याउनु पर्ने प्राबधान अनुरुप उनीहरुले स्थानीयलाई सेयर जारी गर्न लागेका हुन् ।

यसैगरी अरु ८ वटा जलबिद्युत कम्पनीले पनि सेयर निष्काशनको लागि द्यितोपत्र बोर्डमा आवेदन दिएका छन् । यसमा प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारण दुवै समावेश छन् ।

यसमा सान्जेन र रसुवागढीले भने संचयकोषका संचयकर्ता, प्रमोटर कम्पनीका कर्मचारी र ऋण प्रदान गर्ने संस्थाका कर्मचारीका लागि साधारण सेयर निष्काशन गर्न द्यितोपत्र कोर्डमा आवेदन दिएका हुन् । यी दुई कम्पनीले अर्को चरणमा प्रभावीत क्षेत्रका बासिन्दा र सवैसाधारणका लासग सेयर निष्काशन गर्दैछन् ।

बुटवल पावर कम्पनीले भने एफपिओको आवेदन दिएको छ । कम्पनीले प्रिमियम मुल्यमा १०० रुपैंयाँ थपि ४० लाख ८१ हजार कित्ता एफपिओ निष्काशन गर्न लागेको हो । प्रिमियम मुल्य भने तय भैसकेको छैन । साथै धितोपत्र बोर्डले एफपिओको सम्बन्धमा केहि नीतिगत कामहरु पनि अगाडी बढाइरहेको छ, जसको प्रभाव यस निष्काशनलाई पर्नेछ ।

पोखरा फाइनान्स, शिखर इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सले पनि एफपिओको लागि आवेदन दिएका छन् । शिखरले एसअघि पनि फेस भ्याल्युमा ५५० प्रिमियम जोडी ६५० प्रतिकित्ताको दरले सेयर निष्काशन गरिसकेको छ । धितोपत्र बोर्डले बनाउँदै गरेको एफपिओ सम्बन्धी नीतिले यी तीनवटै निष्काशनलाई प्रभाव पार्नेछ ।

सेयर बजारमा प्राबिधिक सुधारको काम तीब्ररुपमा अघि बढ्दै गरेका बेला सार्वजनिक सेयर निष्काशनमा धेरै कम्पनीहरुले चासो देखाउनु सेयर बजारको बिस्तारको लागि निकै नै सुखद कुरा हो । यद्यपि बिभिन्न क्षेत्रका कम्पनीको प्रवेश भने हुनुपर्दछ ।

पछिल्लो समयमा धितोपत्र बोर्डले कर छुट र प्रिमियम मुल्यमा सेयर निष्काशन गर्न दिने कामलाई अघि बढाएका कारण धेरै बास्तविक क्षेत्रका कम्पनीहरुले पनि सार्वजनिक निष्काशनमा रुचि देखाएका छन् । यसले लगानीकर्तालाई आफ्नो लगानी बिबिधिकरणमा निकै मद्दत पुग्छ ।

पहिलो चरणको चुनाव अघि नेप्से ८ अंकले बढको छ भने कारोबार रकम पनि उत्साहजनकले बढको छ । चुनावले मुलुकलाई संबिधान कार्यान्पयनकने दिशा र राजनीतिक स्थायीत्वको दिशामा अग्रसर गराउँदै गर्दा सेयर बजार पनि थप बिस्तारीत र बिकसित हुँदै जाने संकेतहरु देखापरेका छन् ।


पुष्प दुलाल