संसारका ४२ प्रतिशत अर्बपति एशियामा, कुन सहरमा कति ?



काठमाडौं उपत्यका नेपालका एक मात्र अर्बपति बिनोद चौधरी बस्ने सहर हो । राजधानी काठमाडौंदेखि संसारका कैयन देशमा व्यवसाय फैलाएका चौधरीले व्यवसायिक यात्राको शुरुवात पनि यही सहरबाट गरेका छन् ।

फोब्र्स म्याग्जिनका १ अर्ब अमेरिकी डलरभन्दा बढी सम्पत्ति हुनेहरु अर्बपतिको वर्गमा पर्छन् । यी अर्बपति कुनकुन सहरमा बस्छन् त ? ती सहरमध्ये मुख्य १० सहरमा ६ वटा एशियाका सहर छन् । बाँकीका ४ मध्ये २ वटा अमेरिकामा र २ वटा युरोपमा पर्छन् ।

फोब्र्सका अनुसार अहिले संसारमा २ हजार ७५५ अर्बपति छन् । उनीहरुमध्ये ४२ प्रतिशत अर्थात् १ हजार १४९ जना एशियामा बस्छन् ।

चीनको बेइजिङमा १०० जना अर्बपतिहरु छन् । जसमध्ये ३३ जना अर्बपतिहरु अघिल्लो वर्ष थपिएका हुन् । बेइजिङमा बस्ने अर्बपतिमध्ये ४० खर्ब सम्पत्ति भएका टिकटक मोबाइल एपका संस्थापक झाङ्ग यिमिङ सबैभन्दा धनी अर्बपति हुन् ।

चीनको राजधानी बेइजिङ शीर्ष १० अर्बपतिको सहरको सूचीमा २०१९ मा चौँथो नम्बरमा थियो तर २०२० मा पहिलो स्थानमा पर्यो । यसको कारण भने अघिल्लो वर्ष थपिएका ३३ जना नयाँ अर्बपतिहरु हुन् ।

बेइजिङका १ सय अर्बपतिको कुल सम्पत्ति ५६० खर्ब रुपैयाँ छ भने न्यूयोर्क सहरका ९९ अर्बपतिहरुको कुल आय ६५६ खर्ब रुपैयाँ छ । न्यूयोर्कमा ९९ अर्बपतिहरु बस्छन् । जसमा ७ जना अघिल्लो वर्ष थपिएका हुन् ।

हङकङमा ८० जना अर्बपतिहरु बस्छन् । हङकङ चीनको एउटा विशेष प्रशासनिक क्षेत्र हो । यहाँका सबैभन्दा धनी व्यक्ति ली का सिङ हुन् ।

मस्कोमा ७९ अर्बपतिहरु बस्छन् । सन् २०२० मा रुसको प्रतिव्यक्ति आय १२ प्रतिशतले घटेको थियो तर राजधानी मस्कोमा बसेका शीर्ष १० अर्बपतिको सम्पत्ति लगभग ८३ खर्ब २० अर्ब रुपैयाँले बढेको थियो । साथै, ९ जना नयाँ अर्बपतिहरु थपिएका थिए । सबैभन्दा धनी व्यक्ति एलेक्स मोर्दासोव हुन् ।

सेनजेन चीनको टेक्नोलोजी हव हो । बेइजिङपछि यो दोस्रो सहर हो । जहाँ एकै वर्षमा २४ नयाँ अर्बपतिहरु थपिए । वेव मिडिया टेंसेट ग्रुपका मालिक मा हुआतेङ्ग यहाँका सबैभन्दा धनी व्यक्ति हुन् ।

सांघाईमा बस्ने ६४ अर्बपतिमध्ये १८ जना अघिल्लो वर्ष थपिएका हुन् । कोरोनाले मच्चाएको वितण्डाबाट सबैभन्दा धेरै फाइदा लिने सहर हो सांघाई । यहाँका फर्मा कम्पनीका मालिक ली गे र झाङ हुईजाउले आ–आफ्नो सम्पत्तिमा ५ खर्ब ७६ अर्ब रुपैयाँ जोडेका थिए । सबैभन्दा धनी व्यक्ति कालिन हुआङ खेतीलाई टेक्नोलोजीसँग जोड्ने काम गर्छन् ।

बेलायतको राजधानी लण्डनमा बस्ने अर्बपतिहरुले सन् २०२० मा आफ्नो सम्पत्ति ३७ प्रतिशतले बढाए । कोरोना कहरमा यहाँका व्यवसायीहरुले अनलाइन व्यवसायमा केन्द्रित भएका थिए । अनलाइन लक्जरी फेसन रिटेलर फरफेचका संस्थापक जोस नेव्स यहाँका सबैभन्दा धनी व्यक्ति हुन् ।

भारतको मुम्बईमा ४८ जना अर्बपति बस्छन् । यहाँ अघिल्लो वर्ष १० जना अर्बपति थपिएका छन् । १० प्रमुख सहरमध्ये मुम्बई भारतको एकमात्र सहरको हो । यहाँका सबैभन्दा धनी मुकेश अम्बानीले १ वर्षमै आफ्नो सम्पत्ति दुई गुणाले वृद्धि गरेका थिए ।

अमेरिकाको सनफ्रान्सिस्कोमा बस्ने ४८ जना अर्बपतिमध्ये अघिल्लो वर्ष मात्रै ११ जना नयाँ अर्बपति थपिएका छन् । फुड डेलिभरी कम्पनी इन्स्टाकार्टका संस्थापक अपूर्व मेहता, डोरडाशका सीईओ टोनी जू धनी मानिन्छन् । यो सहरमा बस्ने सबैभन्दा धनी व्यक्ति फेसबुकका कर्मचारी डस्टिन मास्कोविट्ज हुन् ।

चीनको झाङझोउमा ४७ जना अर्बपति बस्छन् । जसमध्ये २१ जना अघिल्लो वर्ष बढेका हुन् । चीनको यो तेस्रो सहर हो । जहाँ २० जनाभन्दा धेरै नयाँ अर्बपति थपिएका छन् । अलिबाबाका संस्थापक ज्याक मा पनि यही सहरमा बस्छन् । तर यहाँका सबैभन्दा धनी व्यक्ति भने बन्द बोतलमा पानी बिक्री गर्ने कम्पनी नोग्फू स्प्रिङका संस्थापक झाङ सेनसान हुन् ।


क्लिकमान्डु