११ देशमा सातामा २७ उडान हुने , कुन गन्तव्यमा कुन एयरलाइन्स? (तालिकासहित)



काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय उडानतर्फ १० देशका विभिन्न गन्तव्यमा साप्ताहिकरुपमा हुने उडान तालिका सार्वजनिक गरेको छ ।

जसमा कतारको दोहामा नेपाली वायुसेवाले सातामा २ उडान र कतारको वायुसेवाको २ गरी सातामा ४ उडान गर्ने भएको छ । त्यसैगरी काठमाडौं–टर्कीमा टर्कीको वायुसेवाले सातामा २ उडान, दुबईमा नेपाली वायुसेवाको २ र विदेशी वायुसेवाको २ गरी ४ उडान हुने भएको छ ।

साथै साउदी अरबको दमाममा नेपाली वायुसेवाले २ उडान, कुबेतमा कुबेती वायुसेवाले २ उडान र मलेसियाको हकमा नेपाली वायुसेवाले २ र विदेशी वायुसेवाले २ गरी सातामा ४ वटा उडान हुने भएका छन् ।

काठमााडाैं-मस्कटमा ओमानको वायुसेवाबाट सातामा एउटा उडान हुनेछ ।

त्यसैगरी दक्षिण कोरियामा सातामा विदेशी वायुसेवाले १ उडान, जापानको टोकियोमा नेपाली वायुसेवाले सातामा १ उडान गर्नेछन् ।

साथै काठमाडौं-छेन्दु, काठमाडौं-ग्वाङजाओ रुटमा नेपाली वायुसेवाले १/१ र चीनको वायुसेवाले १/१ गरी सातामा २/२ उडान गर्ने भएका छन् ।

हाल नेपाल र भारतबीच भएको एयर बबल सम्झौता अनुसार सातामा २ वटा उडान हुँदै आएका छन् ।  उक्त सम्झौता अनुसार नेपाल र भारतका ध्वजाबाहक विमानले सातामा २ वटा उडान हुँदै आएको छ ।


क्लिकमान्डु