हङकङका एक यस्ता अर्बपति जो सधैं विद्रोहको झण्डा बोक्छन्
काठमाडौं । हालै मात्र विश्व प्रख्यात पत्रिका फोर्ब्सले अर्बपतिको सहरका रुपमा चीनको राजधानी बेइजिङलाई राख्यो । अमेरिकाको न्यूयोर्कलाई जितेर बेइजिङ तीव्रतर रुपमा अर्बपतिको सहर बन्यो ।
त्यसमा चीनका अन्य प्रान्तका अर्बपतिका बारेमा खासै चर्चा भएन । यस्तै हङकङको बारेमा पनि खासै चर्चा भएन ।
तर पछिल्ला दिनमा हङकङका एक व्यवसायी जो अर्बपति छन्, उनको बारेमा पश्चिमा मिडियामा उल्लेख्य मात्रामा चर्चा गरिएको छ ।
त्यसका पछाडि चीनको राजधानी बेइजिङका १०० अर्बपतिको चर्चालाई छाँयामा पार्न खोजिएको चीनको आरोप छ । किनकी, संख्या ठूलो हो कि एकजना भन्ने कुरा त्यसमा समेटिएको छ ।
अक्सर पश्चिमाहरु चीनको प्रगतिमा जल्छन्, यो अरुको भनाइ होइन, चीनकै भनाइ हो । पश्चिमाहरुलाई कसरी चीनलाई कमजोर पार्ने ध्याउन्न मात्रै उसको आरोप छ । सोही ध्याउन्नमा उनीहरुले हङकङका अर्बपतिको राम्रै बखान गरेका छन् ।
पश्चिमाहरुले राम्रै चर्चा गरेका अर्बपति हुन्, ‘जिम्मी लाइ’ । चीनको कम्युनिस्ट पार्टीलाई चुनौती दिने उनी हङकङका एक विद्रोही अर्बपति हुन् ।
१२ वर्षको उमेरमा चीनबाट हङकङमा बसाई सरेर आएका जिम्मीको यात्रा शून्यदेखि शिखरसम्म पुगेको छ । उनले उक्त लामो यात्रा तय गरेका छन् । चीनका कैयन मानिस उनलाई गद्दारको सज्ञा दिन्छन् ।
तर हङकङका मानिस भने उनलाई एक नायकका रुपमा ब्याख्या गर्छन् । जिम्मीको विशेषता भने उनी कुनै पनि गलत कुराका अगाडि नझुक्नेका रुपमा परिचित छ ।
हङकङलाई आधार बनाएर बसेका ७३ वर्षिय अर्बपति त्यहाँको लोकतन्त्रको पक्षमा भइरहेको आन्दोलनको खास समर्थक हुन् । उनी लोकतन्त्रको आन्दोलनमा समेत सहभागी भएका छन् । गत वर्ष उक्त आन्दोलनमा सामेल भएका थिए ।
सोही आन्दोलनमा सहभागी भएको आरोपमा उनलाई शुक्रबार मात्रै त्यहाँको स्थानीय प्रशासनले १४ महिनाको जेल सजाय सुनाएको छ । जिम्मीको जीवनमा यस्तो समस्या आएको यो पहिलो पटक भने होइन । तर, पछिल्लो पटकको विषय भने अलिक गम्भीर रहेको बीबीसीले जनाएको छ ।
खासमा चीन सरकारले आफनो आलोचकलाई ठीक गर्ने ध्येयका साथ कदम चालेपछि व्यवसायीलाई खास अर्थमा समस्या भएको हो । गत फेब्रुअरीमा उनलाई हिरासतमा राखिएको थियो । उनलाई ६ पटक हिरासतमा राखिएको थियो ।
त्यसका खास गरी हङकङको विवादास्पद राष्ट्रिय सुरक्षा कानूनसँग जोडिएको विषय रहेको छ । उनलाई देशद्रोह र सत्तापलट गर्न लागेको र ध्वंशात्मक गतिविधिमा संलग्न रहेको आरोप पनि छ ।
उक्त आरोप पुष्टि भएको खण्डमा अर्बपति जिम्मीलाई जन्मकैदको समेत सजाय हुन सक्छ ।
यसअघि उनलाई हत्या गर्ने प्रयास पनि भएको थियो । अज्ञात समूहले उनको घर तथा कम्पनीको मुख्यालयमा बम समेत प्रहार गरेका थिए ।
उनले बीबीसीलाई दिएको अन्तर्वार्तामा भनेका थिए– म खासमा एक विद्रोही हो । मेरो चरित्र नै एक प्रकारको विद्रोही खालको नै छ ।
उनको जन्म दक्षिण चीनको एक साधारण परिवारमा भएको थियो । उनको जन्म भएको केही महिनापछि मात्रै १९४९ मा चीनमा कम्युनिस्ट पार्टी सत्तामा आयो । जसका कारण उनको परिवारको सबै वैभव समेत सकिएको थियो । त्यसपछि उनी १२ वर्षको उमेरमा भागेर हङकङ गए ।
चीनबाट हङकङ भाग्ने क्रममा उनले माछा मार्न प्रयोग हुने एक डुंगाको साहारा लिएका थिए । त्यसैमा लुकेर उनी हङकङ पुगेका थिए ।
हङकङमा उनले कटाई बुनाई जस्ता साना साना काम पनि गरे । उनले अंग्रेजी भाषा पनि सिके ।
एकदिन उनले कपडाको अन्तर्राष्ट्रिय ब्राण्ड जियोर्डानो स्थापना गर्न सफल भए । सोही तरिकाले हङकङमा कयौं प्रख्यात धनाढ्यहरुको स्थानमा उनले करोडौ बराबरको साम्राज्य खडा गर्न सफल भए ।
उनको निजी सम्पत्ति मात्रै १ अर्ब डलरभन्दा बढी छ । जियोर्डानो खासमा एक खास असरदार ब्राण्डको रुपमा स्थापित भएको छ ।
उनी खासमा १९८९ मा चीनको तियानमेन चोकमा लोकतन्त्रको माग गर्दै भएको प्रदर्शनमा गरिएको दमनको विरोधमा उनले आवाज उठाएको बताइन्छ । सोही समयदेखि उनी खुलेर उनी चीन सरकारको विरोधमा लागेका थिए ।
सोही क्रममा उनको एक प्रकाशन कम्पनीलाई समेत समस्यामा पर्यो । बेइजिङको मुख्य स्थानमा रहेको उनको सबै स्टोर समेत बन्द गरिदिने धम्की दिइयो ।
उनले आफनो प्रकाशन गृह बन्द गरेर लोकतन्त्रको समर्थनमा कयौं लोकप्रिय प्रकाशन समेत शुरु गरेका थिए ।
त्यसमा डिजिटल पत्रिका नेक्स्ट तथा ऐप्पल डेली समेत सहभागी थिए । सो पत्रिका हङकङमा असाध्यै बढी पढिने प्रकाशनको रुपमा समावेश छ ।
हङकङको स्थानीय सञ्चार माध्यममा चीनको डर असाध्यै बढिरहेको छ । किनकी लाइले चिनियाँ प्रशासनको आलोचना गर्न कुनै कसर पनि बाँकी राखेका छैनन् ।
सोही कारण उनी हङकङको कयौं मानिसका लागि जिम्मीलाई एक नायक जस्तै बन्न पुगेका छन् । चीनको मूख्य भूमिले भने उनलाई गद्दार सम्झँदै देशको सुरक्षाका लागि प्रमुख खतरा रहेको बताउने गरेको छ ।
बेइजिङले सन् २०२० मा नयाँ राष्ट्रिय सुरक्षा कानून पारित गरेको छ । त्यस समयमा जिम्मी लाइले बीबीसीलाई भनेका थिए कि यो कानून हङकङका लागि मृत्युदण्डको सजाय जस्तै हो ।
उनले चेतावनी दिँदै भनेका थिए, ‘यो कानून लागू भएपछि हङकङ चीन जस्तै भ्रष्ट भएर जान्छ । हङकङको जुन खालको महत्व रहेको छ, त्यो समेत सकिनेछ ।’
उनका प्रशंसकहरुले भने उनलाई हङकङको स्वतन्त्रताका लागि असाध्यै धेरै जोखिम उठाएका छन् ।
गत शुक्रबार उनी विरुद्ध सजाय सुनाउँदै न्यायाधीशले भनेका थिए, ‘हर कोहीले आफनो कामको नतिजा भोग्नु नै पर्छ । त्यसमा चाहे जो कोही नै हो ।’
उक्त फैसला सुन्दा समेत जिम्मी भने शान्त देखिएका थिए ।