अनलाइन व्यापारमा यसरी गरिन्छ गलत प्रचार, सकारात्मकता भित्रको गलत खेल
काठमाडौं । विज्ञान र प्रविधिले विकास नगर्दासम्म पैसा देख्न पनि मानिसलाई मुस्किल थियो । उनीहरुले सट्टा–पट्टा गरेर समान लिने दिने गर्थे । र, आफ्नो गुजारा चलाउँथे ।
जब विज्ञानले पैसा बनायो । त्यसपछि झनै सहज भयो । पछिल्ला दिनमा त अब व्यापार व्यवसाय पनि अनलाइन अर्थात् विद्युतीय माध्यमबाटै हुन थालेको छ ।
विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसले अनलाइन व्यापार झनै मौलाएको छ ।
विद्युतीय माध्यमबाट हुने कारोबारको संख्या हरेक दिन, हरेक वर्ष बढ्दै गएको छ । कारण मानिसले विगतको आदिमकालीन संस्कारबाट क्रमशः सरल र सहज संस्कारतर्फ केन्द्रीत भएका छन् । उनीहरुले थप सुविधा खोजेका छन् ।
विद्युतीय कारोबार गर्दा मोबाइल वा कम्प्युटरमा गरिने एक क्लिकका भरमा सामान घरमै आइपुग्छ । पैसा बोकेर पनि हिँड्नु नपर्ने, वास्तविक रुपमा कारोबार गर्दा आइपर्ने अनेकन झण्झटसमेत व्योहोर्नु नपर्ने भएपछि धेरै सहज भएको छ । इन्टरनेटमा आएको परिवर्तनले मानिसका दैनिक आवश्यकतालाई धेरैभन्दा धेरै सहज बनाइदिएको छ ।
पछिल्ला दिनमा विद्युतीय कारोबारका लागि ग्राहक लोभ्याउनका लागि विभिन्न अनलाइन प्लेटफर्म कम्पनीले अनेकन खालका आकर्षक विज्ञापन पनि सार्वजनिक गर्ने गरेका छन् । उनीहरुको मक्सद छ, सहजै रुपमा ग्राहक आफ्ना सामान किन्न इच्छुक हुन् । बढी भन्दा बढी सामानसमेत बिक्री गर्न सकियोस् ।
नेपालमा अनलाइन सपिङका प्लेटफर्महरुले वस्तुको गलत प्रचार गरेको आरोप खेपिरहेका छन् । कमजोर बस्तुलाई पनि बलियो र गुणस्तरीय भनेर विज्ञापन गरेको भन्दै उपभोक्ताले गुनासो गरिरहेका छन् ।
यो समस्या हाम्रो देशमा मात्रै होइन । विश्वभरी नै छ ।
अनलाइन वा विद्युतीय माध्यममा विज्ञापन राख्यो, केही सय डलर खर्च गर्यो, धेरै भन्दा धेरै मानिसमा त्यसको सन्देश पुर्यायो र कारोबार बढायो, आजकल चलेको फेशन नै भन्दा फरक पर्दैन । विश्वका नाम चलेका अनलाइन प्लेटफर्महरु अमेजन डटकम, अलिबाबाजस्ता कम्पनीले यस्तै काम गरिरहेका छन् ।
के ती विज्ञापनमा देखाइजस्तै आम मानिसलाई आकर्षित गरिएका सामान वास्तविकरुपमा राम्रा छन्, अर्थात् गुणस्तरीय छन् ? पैसा तिरे बराबरको सामान उनीहरुले पाउने गरेका छन् त ?
अर्थात् ती सामान के कति टिकाउ छन् वा तिनले ग्राहकलाई सन्तुष्ट बनाएका छन् ? यस्तै प्रश्नहरु सतहमा आएका छन् । आम मानिसलाई लाग्न सक्छ, विज्ञापनमा देखाएजस्तै खास छन् त ती सामानहरु ।
तपाईंजस्तै धेरै जना अनलाइनमा सामान खरिद गर्नुभन्दा पहिले त्यो सामानको बारेमा लेखिएको सामग्री हेर्नुहुन्छ ।
अथवा ती सामग्रीको बारेमा लेखिएको सकारात्मक सामग्री हेर्दै गर्दा तपाईं ठान्नुहुन्छ, ती सामग्री राम्रा छन् । वा, ती सामग्रीका बारेमा लेखिएका गलत सामग्रीका कारण ती सामग्री नै नराम्रा छन् वा गुणस्तरहीन छन् ।
तपाईलाई यस्तो लाग्छ कि लाग्दैन अनलाइनमा राखिएका सामग्रीका बारेमा गरिएको प्रचार नै आफैंमा गलत त छैन ?
हुनसक्छ तपाईंलाई गलत तरिकाले गरिएको सकारात्मक समीक्षालाई एक खेल पनि सम्झन सक्नुहुन्छ । यस्तै तपाई नकारात्मक समीक्षा अर्थात् वान स्टार रिभ्यूको खेलको बारेमा जान्न सक्नुहुन्छ ? यदि जान्नुहुन्न भने अब तपाईंले जान्नै पर्छ वा थाहा पाउनै पर्छ ।
किनकी त्यसैमा नै सबैभन्दा ठूलो खेल भइरहेको छ । सकारात्मक सामग्री राखेर गरिने प्रचारभित्र पनि खतरनाक गलत विषयहरुलाई राखिएको हुन्छ । जुन तपाईंले खाजेको विषय र सामग्रीभन्दा आकाश जमिनको फरक पर्न जान्छ ।
बिबिसीका अनुसार अमेजन प्लेटफर्ममा स्वतन्त्र बिक्रेताले आफ्ना प्रतिद्वन्द्वीलाई हानी पुर्याउनका लागि गलत प्रचार अर्थात् वान स्टार रिभ्यू राख्ने गरेका छन् ।
न्यूजलाइटका कारण प्रभावित भएका कयौं मानिसहरुसँगको कुराकानीका क्रममा प्राप्त भएको जानकारीअनुसार त्यस्ता गलत प्रचार वा वान स्टार रिभ्यूले त्यस्ता सामन बिक्रेता वा प्रतिद्वन्द्वीलाई ठूलो असर परिरहेको छ ।
उपभोक्ता अधिकारकर्मीका लागि काम गर्ने बेलायतको एक समूह अर्थात् वाचडगले यस बारेमा परिक्षण गर्नका लागि अपिल गरेको छ ।
गलत प्रचार सामग्रीको मामलामा पहिलादेखि नै परिक्षण चलिरहेको छ । अमेजनले दाबी गरेको छ कि अनलाइन प्लेटफर्ममा गरिने गलत प्रचार जस्ता समस्याको समाधानका लागि काम भइरहेको छ ।
जबकी कयौं प्रभावितले ठानेका छन् कि यस्ता समस्याको हल हुँदैन । अमेजनको तथ्यांकअनुसार सन् २०१५ मा अमेरिकाको एक प्रख्यात कम्पनीले जे जति सामान बिक्री गर्यो त्यो भन्दा बढी उसको थर्ड पार्टी प्लेटफर्ममा सामान बिक्री भयो ।
गलत फिड बैंक
प्रतिस्पर्धी बजार तथा बजारको बारेमा जानकारी राख्ने निकायका अनुसार बेलायतमा रिभ्यू हेरेर प्रभावित भएकै कारण २३ अर्ब पाउण्ड बराबरको अनलाइन कारोबार भयो । सायद अब तपाईं ठान्न सक्नुहुन्छ कि कुनै अनलाइन बिक्रेताले नै कुनै गलत धन्दा गरिरहेका छन् वा गलत खेल खेलिरहेका छन् ।
अमेजनका एक थर्ड पार्टी बिक्रेता जोनसन स्मिथले भने ‘हैरान पार्ने कुरा यो छ कि तपाईंको साथमा फाइभ स्टार (पाँच तारे) रिभ्यू भए, तपाईंलाई केही फरक पर्दैन । तर तपाईको प्रतिस्पर्धीलाई केवल वान स्टार रिभ्यू प्राप्त भएको छ भने प्रतिस्पर्धा गर्न नै धेरै गाह्रो हुनसक्छ ।’
मैले उनलाई सोधँे कि यदि तपाईंलाई एक वान स्टार रेटिङ मिलेको छ भने त्यसलाई हटाउन वा प्रतिस्पर्धा गर्न थप २० वटा पाइभ स्टार रिभ्यू जरुरत नै पर्छ ? उनले कुनै जवाफ नै दिएनन् ।
गलत तवरले गरिने सकारात्मक रिभ्यूको समस्याका बारेमा सबैले थाहा पाएका छन् । पछिल्लो विवरणहरुमा नक्कली रिभ्यू दिने र प्रचार गराउने कारखानकाको नै भण्डाफोर गरिएको छ । जसमा गलत सामान बिक्री गर्न जानाजान गलत तवरले फाइभ स्टार रिभ्यू लेखिएको छ ।
पछिल्लो साता फाइनान्सियल टाइस्मका यो समाचार छापिएको थियो कि अमेजनका कुनै उत्कृष्ट एक बेलायती रिभ्यूअरले यस्तो प्रकारको गतिविधिमा सामेल भएको पाइएको थियो ।
साताको अन्त्यमा अमेजनले २० हजार गलत प्रचार सामग्री हटाइदिएको छ । केही बिक्रेता यो मान्छन् कि प्रचार सामग्रीको हेरफेर गर्ने यस्तो गलत खेल नै सबैभन्दा जटिल समस्या बनीरहेको छ ।
एला किजको व्यापार राम्रै चलीरहेको थियो । अमेजन प्लेटफर्ममा उनले गर्भवती महिलाका लागि सामान बिक्री गर्थिन् । उनको साथमा ६० वटा प्रचार सामग्री थिए । ती सबै सकारात्मक नै थिए । सोही कारण हरेक महिना ३ हजार पाउण्ड कमाउने गरेकी थिइन् ।
पछि केही आश्चर्य भयो । अचानक उनको कयौ वान स्टार रिभ्यू देखिन थाल्यो । उनी याद गर्थिन् ‘जब शुरुमा केही रिभ्यू आयो त्यसले कुनै असर गरेको थिएन । किनकी मेरो साथ प्रतिकार गर्ने खालका कयौ सकारात्मक प्रचार सामग्री थियो ।’
उनले थपिन् ‘जब कयौं पटक वान स्टार रिभ्यू आउन थाल्यो, तब अचानक सामानको बिक्री असाध्यै कम हुन थाल्यो । औसतमा ४.५ प्रतिशत रहेको स्टार रिभ्यू कम हुँदै जाँदा काम नै रोकिन पुग्यो ।’
उला मान्छिन् कि त्यसमा कयौं गलत प्रचार सामग्रीले जो गलतरुपमा राखिए थिए । त्यसले उनको तनाव बढ्दै गएको थियो । त्यसको केही महिना पछि उनले आफ्नो काम नै बन्द गरिदिइन् ।
जोनसन स्मिथ भन्छन्- कि यस्तो काम जुन उनको साथमा भयो । तर उनले सोचेका थिए कि नलडीकन किन हार मान्नू । उनले आफ्नो अलग अलग सामानको मागमा आएको रिभ्यू पढन थाले । उनलाई लाग्यो ती सबै संदिग्ध अकाउण्टबाट नै आएको थियो ।
उनले अमेजनसँग कुरा गरेर जसरी भएपनि ती गलत सामग्री हटाइदिए । त्यसपछि उनले एक अनलाइन परामर्शदाता कम्पनी शुरु गरे । उनको ध्येय यस्ता समस्याको समाधान गर्दै अमेजनमा गरिने व्यापारलाई सहयोग गर्न सकियोस् ।
उनले भने ‘गलत तरिकाले प्राप्त हुने फोर वा पाइभ स्टार रिभ्यू गराउनु नै मुश्किल हुनेछ । उनले प्रतिस्पर्धाका लागि रिभ्यू नै कम गर्ने कोशिस गरिरहेका छन् । जबकी उनको स्कोरको प्रतिस्पर्धीको तुलनामा बढी होओस् ।’
स्वतन्त्र बिक्रेताले संसार भर नै हरेक साल अमेजनबाट करिब १ सय ५० अर्ब पाउण्ड बराबरको कमाई गर्छन् । कुनै काम प्रभावकारी भएको खण्डमा राम्रो कमाई हुनसक्छ । नकारात्मक प्रचार हटाउने वैध तरिका पनि रहेको छ ।
कुनै पनि गल सामग्रीलाई अमेजनलाई भनेर नै हटाउन सकिन्छ । जसले गलत तरिकाले प्रचार सामग्री राख्छन् वा उनीहरुको आफ्नो धारणा राख्छन् त्यसलाई समेत हटाउन सकिन्छ । त्यस्तालाई बन्द गर्न सकिन्छ वा कुनै कानूनी कारवाहीसमेत गर्न सकिन्छ । बिबिसीको सहयोगमा