एनआईसी एशिया लघुवित्तमा १० कित्ता आइपीओ पाउन २० हजार कित्ता आवेदन



काठमाडौं । सुन्दा अचम्म लाग्दा तर,वास्तविकता १० कित्ता सेयर पाउन २० हजार कित्ता आइपीओ भर्ने लगानीकर्ता भेटिएका छन् ।

एनआईसी एशिया लघुवित्तको आइपीओमा ३ जनाले लगानीकर्ताले २० हजार कित्ता सेयर किन्न आवेदन दिएका थिए । जसमा एकजना लगानीकर्ताले २० कित्ता सेयर पाए भने २ जना लगानीकर्ताले १० कित्ताको दरले सेयर पाउन सफल भए ।

एनआईसी एशिया लघुवित्तको आइपीओमा ४४ जना आवेदकले १० हजार कित्ता सेयर भरेका थिए । जसमा ४ जनाले २० कित्ता सेयर पाउन सफल भए भने बाँकी ४० जनाले १० कित्ता मात्र सेयर पाए ।

९ हजार कित्ताको लागि १३ जना आवेदकले आवेदन दिए । जसमा जसमा ३ जना आवेदकले २० कित्ता सेयर पाए बाँकीले १० कित्ता मात्र सेयर पाए ।

एनआईसी एशिया लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँको दरले ४७ लाख ५५ हजार कित्ता बराबरको ४७ करोड ५५ लाख रुपैयाँको आइपीओ निष्कासन गरेको थियो ।

जसमा ४ लाख १४ हजार १८० लगानीकर्ताबाट २ अर्ब ३० करोड ६५ लाख ३९ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो । त्यसमा ३ लाख ९७ हजार ७४१ वटा आवेदकले मात्र सेयर पाएका छन् । आइपीओमा मागको करिब ५ गुणा आवेदन परेको थियो ।

जसमा ४६ हजार ५७९ जनाले २० कित्ता सेयर पाए भने ३ लाख ५१ हजार १६२ जनाले १० कित्ता सेयर पाए ।

एनआईसी एशिया लघुवित्तले निष्कासन गरेको सेयर हेर्दा न्यूनतम १० कित्ता र गोलाप्रथाबाट केहीले २० कित्ता सेयर पाउने अनुमान थियो । यसको लागि धेरै रकमको सेयर भर्नु आवश्यक भने थिएन । बढीमा ५० कित्तासम्म आवेदन गर्दा हुने सेयरमा लगानीकर्ताले २० हजारसम्म भर्नुले सेयर शिक्षा अझै नपाएको देखिन्छ ।

लगानीकर्ताले आवेदन दिन पाउने रकम आवेदन गरेपनि बढी रकमको आइपीओ यस्तो निष्कासनमा भर्नु भनेको यसको बारेमा जानकारी कम भएको भनेर बुझ्न सकिन्छ ।

सेयर बजारका जानकार दीलिप मुनकर्मी अहिले बढी रकमको आइपीओ हाल्नुको अर्थ आइपीओ प्रणालीलाई बुझ्न नसकेको देखिएको बताउँछन् ।

‘अहिलेको आइपीओको बारेमा ज्ञानको कमीले गर्दा १० कित्ताको लागि २० हजार कित्तासम्म आवेदन दिएको हुनसक्छ,पहिला धेरै भर्दा धेरै कित्ता पाउने व्यवस्था थियो, १० कित्ताको अनिवार्य व्यवस्थाले अहिले ठूलो रकम आइपीओमा लगानी गर्नु पर्दैन,’मुनकर्मीले भने ।

१ लाखभन्दा बढी आवेदन गर्नेको संख्या १ हजार जति छ ।


क्लिकमान्डु