ठूलो भन्दा पनि बलियो बन्ने लक्ष्मी बैंकको रणनीति, फोर्स होइन ‘गाइडेड मर्जर’ राम्रो: सीइओ शाह



कुनैपनि संस्था ठूलो बन्दैमा बलियो बन्छ भन्ने ग्यारेन्टी हुँदैन । बैंक तथा वित्तीय संस्थाहरु पनि ठूलो बन्नलाई मर्जरमा जाने होइन, बलियो बन्न र ग्राहकलाई अझ राम्रो सेवा दिनका लागि हो । लक्ष्मी बैंकको बुझाइ यही हो ।

हामी ठूलो बनेर हाम्रो यतिवटा शाखा छ, ब्यालेन्सिटको साइज यत्रो छ भनेर देखाउन भन्दा पनि आन्तरिक रुपमा बलियो हुनतर्फ केन्द्रित छौं । ठूला र बलियामा फराकिलो अन्तर छ । सबै ठूला बलिया हुँदैनन् । र सबै साना कमजोर हुँदैनन् ।

अर्ग्यानिक ग्रोथ गर्न गाह्रो छ । तर, अर्ग्यानिक ग्रोथ गर्ने हो भने त्यो संस्था तुलनात्मक रूपमा बलियो हुन्छ । हामी अर्ग्यानिक ग्रोथको पक्षमा छौं ।

जहाँसम्म बजारको दबाबको कुरा छ, हामीले तत्कालै ठूलो दबाबको फिल गरेका छैनौं । हामीजस्तो बैंकले ठूलो आकारका बैंकहरुसँग आकारमा प्रतिस्पर्धा गर्न चाहीँ पक्कै पनि कठिन हुन्छ तर असम्भव भने हुँदैन ।

हामीले केही समान साइजका बैंकसँग तथ्यांक नै राखेर मर्जरको छलफल गर्यौं । तर, सिनर्जी आउने देखिएन । र, दुईवटा बैंक मर्ज हुँदा आकारका हिसाबले सबैभन्दा ठूलो बन्ने अवस्था पनि देखिएन ।

संस्था ठूलो बनेपछि जोखिम पनि ठूलै हुन्छ । तर, अर्ग्यानिक ग्रोथ गरेर अघि बढ्ने हो भने जोखिम नियन्त्रण गर्न सजिलो हुन्छ र प्रतिस्पर्धा गरेर अघि बढ्न सकिन्छ । आज पनि लक्ष्मी बैंकले ठूलो आकारका बैंकहरुसँग प्रतिस्पर्धा गरिरहेकै छ ।

पछिल्ला ३/४ वर्षको लक्ष्मी बैंकको ग्रोथ हेर्ने हो भने हामीले प्रतिस्पर्धा गरेकै छौं । मार्केट सेयर बढाइरहेकै छौं । हामी लोनको ग्रोथ, डिपोजिटको ग्रोथ र डिपोजिटभित्र पनि रिटेल डिपोजिटको ग्रोथको मार्केट सेयरलाई मानक बनाएका छौं । यी ३ वटै सूचकमा हामीले सन्तोषजकनक प्रगति हासिल गरिरहेका छौं ।

लक्ष्मी बैंक जोखिम व्यवस्थापनमा बलियो छ । संस्कार र संस्थागत शुसाशनमा पनि हामी अब्बल छौं । यो हाम्रो स्ट्रेन्थ हो ।

हामीलाई पुँजी बढाउनकै लागि मर्जर आवश्यक छैन । हामी आफैं कमाउँदै पुँजी बढाउँदै गरिरहेका छौं ।

फोर्स मर्जर अहिले राष्ट्रियय वहसको विषय भएको छ । फोर्स भन्ने शब्द नै नकरात्मक छ । जबरजस्ती मर्ज गरेर राम्रो परिणाम नआउन सक्छ । नियामकको रणानीति तथा भिजनको आधारमा ‘गाइडेड मर्जर’ भए सकारात्मक परिणाम आउने सम्भावना बढ्छ ।

मर्जरमा जाँदा पहिलो कुरा सिनर्जी आउनु पर्यो । वित्तीय प्रणाली, समग्र अर्थतन्त्र, लगानीकर्ता, कर्मचारी र सरोकारवालाहरुलाई फाइदा हुनुपर्यो । तर, आजसम्म हामीले कुरा नगरिरहेको विषय छ ग्राहकको । मर्ज भएपछि ग्राहकलाई पनि त फाइदा हुनुपर्यो नि । वित्तीय पहुँच तथा वित्तीय समवेशिता पनि त्यही रूपमा बढ्नु पर्यो ।

लक्ष्मी र एक अर्को बैंकबीच डेढ वर्षजति मर्जरको छलफल भयो । डीडीए पनि भयो । तर, अन्तिममा कुरा मिलेन । यो प्रक्रियाबाट मैले के सिकेँ भने मर्जको प्रक्रिया अघि बढाएपछि अब मर्ज भइहाल्छ भनेर बिजनेश रोक्नु नहुने रहेछ । हामीले केही गर्नुपर्ने बिजनेश पनि गरेनौं । पछि मर्ज नहुँदा असर पार्यो ।

लक्ष्मी बैंकले मर्जरका लागि कमिटि नै गठन गरेर पार्टनर खोजिरहेका छ । केही बैंकसँग गंभीर छलफल पनि भएको थियो । तर, कंक्रिट निष्कर्शमा पुग्न सकिएको छैन ।

लक्ष्मी र एक अर्को बैंकबीच डेढ वर्षजति मर्जरको छलफल भयो । डीडीए पनि भयो । तर, अन्तिममा कुरा मिलेन ।

यो प्रक्रियाबाट मैले के सिकेँ भने मर्जको प्रक्रिया अघि बढाएपछि अब मर्ज भइहाल्छ भनेर बिजनेश रोक्नु नहुने रहेछ । हामीले केही गर्नुपर्ने बिजनेश पनि गरेनौं । पछि मर्ज नहुँदा असर पार्यो ।

बिजनेश हो, बिजनेशमा सिनर्जी मिल्यो भने पहिले डिल नमिलेकासँग पनि फेरि डिल मिल्न सक्छ । संभावनाको ढोका बन्द भएको छैन । यसको अर्थ के हो भने लक्ष्मी बैंक मर्जरका लागि पहिलेदेखि नै सिरियस छ । तर, मर्जरबाट सिनर्जी हुनुपर्ने हाम्रो मान्यता हो ।

हामीले केही समान साइजका बैंकसँग तथ्यांक नै राखेर मर्जरको छलफल गर्यौं । तर, सिनर्जी आउने देखिएन । र, दुईवटा बैंक मर्ज हुँदा आकारका हिसाबले सबैभन्दा ठूलो बन्ने अवस्था पनि देखिएन ।

हाम्रो मन्त्र भनेको कन्ट्रोल्ड एग्रेशन हो । यसको मतलब नियन्त्रण गर्न सक्नेगरी विस्तार गर्ने भन्ने हो । अर्थतन्त्र सकारात्मक रहेमा हाम्रो वासलात र क्षमताबाट २५ / ३० प्रतिशत ग्रोथ हाम्रो लक्ष्य हो ।

केही नयाँ बैंकसँग पनि कुराकानी भयो र जारी पनि छ । हामीले केही विकास बैंकसँग पनि मर्जरको कुराकानी गरिरहेका छौं । क्षेत्रगतरुपमा हेर्दा धेरैजसो बलिया विकास बैंकहरु ४ र ५ नम्बर प्रदेशमा छन् । हाम्रो शाखा धेरै नभएका सुदुर पश्चिम प्रदेशजस्तो स्थानमा बलियो उपस्थिति भएको विकास बैंक हाम्रो रोजाइमा पर्न सक्छ ।

हामीलाई पुँजी बढाउनकै लागि मर्जर आवश्यक छैन । हामी आफैं कमाउँदै पुँजी बढाउँदै गरिरहेका छौं ।

हाम्रो मन्त्र भनेको कन्ट्रोल्ड एग्रेशन हो । यसको मतलब नियन्त्रण गर्न सक्नेगरी विस्तार गर्ने भन्ने हो । अर्थतन्त्र सकारात्मक रहेमा हाम्रो वासलात र क्षमताबाट २५ / ३० प्रतिशत ग्रोथ हाम्रो लक्ष्य हो ।

मेरो विचारमा लगानीकर्ता, ग्राहक, कर्मचारी लगायत समग्र सरोकारवालालाइ प्रदान गरिने रिटर्न र लाभको आधारमा बैंकको प्रगति मापन गरिनु पर्छ ।


पुष्प दुलाल