हिमालयन डिस्टीलरीको सेयर मूल्य अझै बढ्ने, कतिसम्म पुग्ला ? (प्राविधिक विश्लेषण)



काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को पहिलो त्रैमासमा खुद नाफा ५१.०६ प्रतिशतले वृद्धि भई ९ करोड ७५ लाख ५५ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा हिमालयन डिस्टिलरी लिमिटेड खुद नाफा ६ करोड ४५ लाख ८२ हजार रुपैयाँ कमाएको थियो ।

कम्पनीले यस अवधि आफ्नो उत्पादन बिक्रीमा ६.२७ प्रतिशतले घटेर ४० करोड ६१ लाख ३९ हजार रुपैयाँ मात्र रह्यो छ । कस्ट अफ गुड शोल्ड २३.२४ प्रतिशतले घटेर २० करोडबाट ४३ लाखबाट १५ करोड ६८ लाख रुपैयाँ तथा उत्पादन खर्च पनि २ करोड ९३ लाखबाट १ करोड ५६ लाखमा घटेको छ ।

नेपाल सरकारले अन्तःशुल्क नियमवली परिवर्तन गरि ग्रेनबाट उत्पादन हुने स्प्रिटको प्रति लब्धी दर अत्यधिक मात्रामा बढेकोले कम्पनीले स्प्रिटको उत्पादन गर्न सकेन । यसको असर कम्पनी बिक्री आय घटेको हो । आय घटे पनि कस्ट अफ गुड शोल्ड तथा उत्पादन खर्चमा घटाउन सकेकोले कुल मुनाफामा १२.२९ प्रतिशतले बढेर २० करोड ८० लाखबाट २३ करोड ३६ लाख रुपैयाँ पुगेको छ ।

मदिराको मुख्य कच्चा पदार्थको रुपमा प्रयोग हुने स्प्रिट र विभिन्न किसिमका बोतलबन्दी तयारी मदिरा नै कम्पनीको मुख्य उत्पादन हो । स्प्रिट उत्पादन गर्न नसकिएको एवं बोतल बन्दी मदिराका लागि आवश्कयता ग्रेन विदेशीबाट आयात गर्नुपरेकोले उत्पादन लागतमा केही भार थपिएको छ ।

यस त्रैमासमा हिमालयन डिस्टिलरी लिमिटेडले कार्यालय प्रशासनिक,कर्मचारी लाभ र लजिस्टिक खर्च अत्यधिक घटेको छ । कार्यालय प्रशासनिक खर्च ३ करोड १० लाख रुपैंयाबाट करिव ४ प्रतिशतले घटेर ३ करोड २३ लाख रुपैयाँ गरेको छ । बिक्री तथा लजिस्टिक खर्च ३४.५२ प्रतिशतले घटेर १ करोड ८९ लाख रुपैयाँ तथा कर्मचारी लाभांश खर्च ७.५२ प्रतिशतले २ करोड ७५ लाखबाट २ करोड ५५ लाख घटेको छ ।

चुक्ता पुँजी ३८ करोड ५६ लाख रहेको हिमालयन डिस्टिलरीको रिटेन अर्निंङ ४९ करोड १ लाख रुपैयाँबाट ४८.३४ प्रतिशतले बढेर ७० करोड २५ लाख रुपैंया पुगेको छ । अहिले प्रतिकित्ता १८०० रुपैयाँ शेयर मूल्य रहेको कम्पनीको प्रतिशेयर नेटर्व २८० रुपैयाँ तथा खुद सम्पति प्रतिशेयर २९० रुपैयाँ रहेको छ ।

कम्पनीबाट उत्पादन भइरहेको ४० यु पी शक्तिको गोल्डेन ओक नामक ब्राण्डको मदिराको माग अत्यधिक रहेको छ । गोल्डेन ओक मागलाई परिपूर्ति गर्नका लागि अन्य उधोगहरुबाट समेत उत्पादन थप गएको छ । यसैगरि अर्को कम्पनी उत्पादन गोल्डेन ओक नामक मदिराले पनि विस्तारै माग बढेको छ ।

हालै मात्र हिमालयन डिष्टिलरीले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई ५२.६३ प्रतिशत नगद लाभांश गरि कुल १०२ प्रतिशतको आकर्षक लाभांश घोषणा गरेको छ । हाल ३८ करोड ५६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको हिमालयन डिष्टीलरीको ५० प्रतिशत बोनस पश्चात ५७ करोड ८४ लाख रुपैयाँ पूँजी कायम हुनेछ । कम्पनीले आफ्ना शेयरधनीलाई ६८.४२ प्रतिशत नगद लाभांश अघिल्लो आव नसकिँदै लगानीकर्तालाई अन्तरिम लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

हिमालयन डिस्टिलरी लिमिटेडको प्रमुख चुनौतिको भनेको वर्षेनि मदिराको अन्तःशुल्क दरमा वृद्धि हुने गरेकोले उपभोक्ताको क्रयशक्तिको तुलनामा उत्पादित स्वदेशी मदिराको मूल्य बढेर विशेषगरि २५ यु पी र ३० यु पी शक्तिका मन्दिराहरुको बिक्री वितरण न्युन हुँदै गएको छ ।

त्यस्तै गोल्डेन ओक जस्तै देखिने उस्तै लेबल, बोतल, कम शक्ति र कम गुणस्तरको मदिरा उत्पादन विक्री वितरण कार्य जारी र गोल्डेन ओक ब्राण्ड जोगाइ चुनौतिपूर्ण देखिन्छ । यसले कम्पनीलाई लगायत नेपाल सरकारको राजस्वमा समेत ठुलो असर परेको छ । साथै कम्पनीलाई आवस्यक पर्ने मेसनारी पार्टपुर्जा, अधिकांश कच्चा पदार्थ तथा प्याकेजिङहरु भारत तथा भारत हुदै तेस्रो मुलुकबाट आयात हुने हुन्छ । विभिन्न कारणले भारतमा अवरोध एव नीति परिवर्तनको प्रत्यक्ष प्रभावले आपूर्ति नहुदा कारखाना नियमित संचालनमा अवरोध हुने गरेको छ ।

प्राविधिक विश्लेषण

हिमालय डिस्टिलरी लिमिटेडको फ्लोरसिटबाट हेर्दा खरिदमा ब्रोकर नं. २१,४९,५८ तथा बिक्रीमा ब्रोकर न ३४ ,४५,४४ न ब्रोकरबाट सबैभन्दा बढी कारोबार भएको देखिन्छ । हालसम्म २१ नम्बर ब्रोकरबाट ७८ हजार कित्ताभन्दा बढी एचडीएल बिक्री गरेको छ भने ३४ नम्बर ब्रोकरबाट २४ हजार कित्ताभन्दा बढी शेयर खरिद गरेका छन् । हालसम्म फ्लोरसिटबाट हेर्दा बजार मूल्य १७१० देखि १८५० देखि १ लाख कित्ता शेयरभन्दा बढी कारोबार भएको छ ।

मैनबत्ति आकृति विश्लेषण

साप्ताहिक मैनबत्ति आकृतिले मुलत कम्पनीको खरिदकर्ता तथा बिक्रीकर्ताको चापको देखाउँछ । बिहिबार कारोबार बन्द हुँदा माथिपट्टी लामो स्याडो सहितको बुलिस मैनबत्ति बनेको छ । साताको शुरुमा लगानीकर्ताको खरिद तेजी देखिए पनि अन्त्यमा बिक्रीकर्ताको चाप हाबी भएको देखिन्छ ।

१४ दिने रिलेटिव स्ट्रेन्थ इन्डेक्स (आरएसआई)

१४ दिने रिलेटिव स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ले अधिक खरीद (ओभरशोल्ड जोन) मूल्य वा अधिक बिक्री (ओभरबट जोन) परिवर्तनहरूको परिमाण मापन गर्दछ । साप्ताहिक आरएसआई ४४.६५ बाट ६५ दशमलव स्केलमा छ । यसले बुलिस ट्रेन्डको संकेत गर्छ । आरएसआई रेखा ० देखि १०० स्केल भित्र मुभ हुने गर्छ । मुलत साइडवेज् रुपमा चलिरहेको बजारमा सेयर किनबेच गर्न बढी उपयोगी मानिन्छ ।

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स (एमएसीडी)

एमएसीडीमा २ वटा रेखा हुन्छन्, जसमा एउटा रेखाले बजारको दिशा परिवर्तनको संकेत गर्छ भने अर्कोे रेखाले बजारको प्रवृत्ति (ट्रेण्ड) देखाउने गर्छ । यदि एमएसीडी रेखाले सिग्लन रेखालाई तलबाट माथि काटेमा सकारात्मक र माथिबाट तल काटेमा यसलाई नकारात्मक संकेतका रुपमा लिइन्छ । एचडी एलको गत हप्ता मात्र आकर्षक लाभांसको घोषण गरेपछि एमएसीडी र सिग्नल लाइन सेन्ट्रल लाइनभन्दा माथि क्रस देखियो । एमएसीडी र सिग्नल लाइन सेन्ट्रल लाइन तथा हिस्ट्रोग्राम भन्दा माथि छ ।

कमोडिटी च्यानल इन्डेस्क

कमोडिटी च्यानल इन्डेस्क धनात्मक १६० को स्केलमा देखियो । यसले लगानीकर्ता खरिदमा इच्छुक रहेको देखाउँछ । सिसिआई धनात्मक १०० तथा ऋणात्मक १००मा विभाजन गर्दछ । यदि बजार धनात्मक १०० भन्दा माथि रह्यो भने बढ्ने र ऋणात्मक १०० को स्केलभन्दा तल गएपछि घट्ने संकेत मानिन्छ ।

बोलिंजर ब्याण्ड

बोलिंजर ब्याण्ड भोलुममा आधारित प्राविधिक सूचक हो जसमा अपर, मिड तथा लो ब्याण्ड हुन्छ । तथ्यांक शांस्त्रको स्ट्याडर्ड डेभिएसनको शुत्र प्रयोग भएकोले एक आपसमा निश्चित दुरी तय गर्छ । यस सूचकले बजारको भोलातिलिटी मापन गर्दछ । एचडिएलले मिडल ब्याण्डलाई क्रस गरेर उपर ब्याण्डमा छोएको छ ।

निष्कर्शः

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीले निकै राम्रो प्रतिबेदन प्रकासित गरेको छ । कम्पनीको आय घटे पनि खर्च नियन्त्रण गरेर ३ महिनाको अवधिमा प्रतिशेयर आम्दानी ५१.०४ प्रतिशतले बढेर १६ रुपैयाँबाट २५ रुपैयाँ पुग्यो । यो वर्षको प्रथम त्रैमासका आधारमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १०० भन्दा बढी हुने देखिन्छ ।

मुख्य उत्पादन मदिराजन्य पेय पदार्थ भएकोले पहिलो ३ महिनाभन्दा अन्तिम त्रैमासमा अधिक मदिराको ब्यापार हुने गर्दछ । नेपाल सरकारले कार्तिक महिनामा अन्तःशुल्क नियमावली प्रावधान संसोधन गरिसके छ । कम्पनीले पुन स्प्रिटको उत्पादन पुन सुचारु गरेकोले अब आउने त्रैमासमा कम्पनीको नाफा अझ बढ्ने देखिन्छ । प्राविधिक हिसावले एचडीएल बुलिश ट्रेडमा रहेको छ । अहिले टेवा १४०० र अवरोध २००० मा रहेको छ ।

नोटः वित्तीय विवरणमा आधारित रहेका प्राविधिकरुपमा गरिएको विश्लेषण हो यो । यही विश्लेषणलाई आधार मानेर उक्त कम्पनीको सेयर किन्ने लगानीकर्ताको लाभा/हानिको जिम्मा क्लिकमाण्डू हुने छैन ।


क्लिकमान्डु