७ वाणिज्य बैंकको ईपीएस घट्योः २.९१ देखि ३६.५७ रुपैयाँसम्म, कुनको कति ?
काठमाडौं । सचेत सेयर लगानीकर्ताले लगानी गर्नुपूर्व त्यो कम्पनीका अन्य सूचकसँगै प्रतिसेयर आम्दानी (ईपीएस) लाई पनि हेर्ने गर्छन् ।
कम्पनीको प्रतिसेयर आम्दानीलाई कम्पनीको नाफाले प्रभावित गर्नेगर्छ । कम्पनीको नाफा तथा नोक्सानले त्यसको प्रतिसेयर आम्दानीलाई प्रभावित पार्छ ।
कुनै पनि कम्पनीको प्रतिसेयर आम्दानी धेरै भयो भने त्यसले बजार मूल्यलाई राम्रो प्रभाव पार्छ । प्रतिसेयर आम्दानी कम भयो भने त्यसको प्रभाव सकारात्मकभन्दा पनि नकारात्मक पर्छ । जहिल्यै पनि बढी ईपीएस भएका कम्पनी लगानीकर्ताको प्राथमिकतामा पर्छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय अवस्था अनुसार सञ्चालनमा रहेका २० वाणिज्य बैंकमा सबैभन्दा बढी ईपीएस स्टयान्डर्ड चार्टर्ड बैंकको ३६ रुपैयाँ ५७ पैसा छ । यस्तै सबैभन्दा कम ईपीएस एनआईसी एशिया बैंकको २ रुपैयाँ ९१ पैसा छ ।
असोज मसान्तसम्म ७ वटा बैंकको ईपिएस घटेको छ भने बाँकी बैंकको बढेको छ । बैंकको वित्तीय अवस्था अनुसार इन्भेष्टमेन्ट मेगा बैंकको ईपिएस १७ रुपैयाँ ६१ पैसा रहेको छ । गत आवको सोही अवधिमा १७ रुपैयाँ ८४ पैसा थियो । हिमालयन बैंकको ६ रुपैयाँ ०९ पैसाले घटेर १३ रुपैयाँ ४२ पैसा, माछापुच्छ«े बैंकको १ रुपैयाँ ३४ पैसाले घटेर १७ रुपैयाँ ३२ पैसा रहेको छ ।
सानिमा बैंकको ६ रुपैयाँ ६ पैसाले घटेर १७ रुपैयाँ ७६ पैसा, सिटिजन्स बैंकको ५ रुपैयाँ ७६ पैसाले घटेर ५ रुपैयाँ ५८ पैसा रहेको छ ।
राष्ट्रिय वाणिज्य बैंकको १८ रुपैयाँ १२ पैसाले घटेर ३ रुपैयाँ ८७ पैसा छ भने एनआईसी एशिया बैंकको २५ रुपैयाँ ६७ पैसाले घटेर २ रुपैयाँ ९१ पैसा रहेको छ ।
बैंकहरुले प्रकाशित गरेको वित्तीय अवस्था अनुसार नबिल बैंकको ईपीएस २९ रुपैयाँ ८३ पैसा, ग्लोबल आइएमई बैंकको १६ रुपैयाँ ७४ पैसा, प्राइम बैंकको २६ रुपैयाँ ५३ पैसा, एनएमबि बैंकको २४ रुपैयाँ ९५ पैसा, एभरेष्ट बैंकको ३४ रुपैयाँ ८५ पैसा, कुमारी बैंकको १६ रुपैयाँ ४४ पैसा, नेपाल एसबिआई बैंकको ३१ रुपैयाँ ०३ पैसा, नेपाल बैंकको १६ रुपैयाँ ३९ पैसा, लक्ष्मी सनराइज बैंकको ९ रुपैयाँ २५ पैसा, सिद्धार्थ बैंकको १० रुपैयाँ ६४ पैसा र कृषि विकास बैंकको ३ रुपैयाँ २५ पैसा छ । गत आवको सोही अवधिमा २८ रुपैयाँ ८३ पैसा ऋणात्मक रहेको थियो ।