उत्तर कोरियाली ह्याकरको निशानामा विश्‍वभरको सैन्य तथा परमाणु सूचना



एजेन्सी । उत्तर कोरियाका ह्याकरहरुले विश्वभरको सरकारी र निजी कम्पनीहरुबाट परमाणु तथा सैन्य गोप्य सूचनाहरु चोरी गर्ने कोसिस गरिरहेको भन्दै केही देशहरुले चिन्ता व्यक्त गरेका छन्।

बेलायत, अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाली ह्याकरहरुको यस्तो हर्कतप्रति चिन्ता व्यक्त गर्दै चेतावनी दिएका छन् । यी देशहरुका अनुसार ह्याकरहरुको समूहसँग एन्डेरियल र अङ्क्सी स्लिट छ । यो समूह रक्षा, एरोस्पेस, परमाणु र इन्जिनियरिङसँग जोडिएका इकाइहरुलाई निशाना बनाइरहेका छन् ।

जसबाट गोप्य सूचना संकलन गर्न सम्भव हुनेछ । उत्तर कोरियाको सैन्य र परमाणु योजनाहरुलाई परिवर्तन गर्नु यसको उद्देश्य रहेको बताइन्छ । साथै यो समूह युरेनियम प्रोसेसिङदेखि ट्यांक हुँदै पनडुब्बीहरुसम्म अलग अलग किसिमका सूचना चोरी गर्ने प्रयासमा रहेको बताइएको छ ।

र उक्त समूहले हालसम्म भारत, बेलायत, अमेरिका, दक्षिण कोरिया र जापानसहित केही देशहरुलाई निशाना बनाइरहेको पनि बताइएको छ । यतिसम्म कि अमेरिकाको वायुसेनाको अड्डा, नासा र रक्षा क्षेत्रसँग जोडिएका कम्पनीहरुलाई यो समूहले निशाना बनाइरहेको बीबीसीको समाचारमा उल्लेख छ ।

विशेषगरी यो समूहको गतिविधिलाई लिएर ती देशहरुले चेतावनी दिएका छन् । साथै ह्याकरहरुको यो समूहले जासुसीसँगै पैसा पनि संकलन गरिरहेको समाचारमा उल्लेख छ । अधिकारीहरुले भने संवेदनशील प्रविधिका साथै व्यक्तिगत जीवनमा पनि यो समूहको गतिविधिले असर पार्नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

अमेरिकाले यो समूहले अमेरिकी स्वास्थ्य सेवाहरुसँग जोडिएका इकाइहरुमा रेनसमवेयर अभियानको माध्यमबाट पैसा जुटाइरहेको जनाएको छ । र उक्त रकमको सहायताले आफ्नो जासुसी गतिविधिलाई तीब्र बनाएको पनि अमेरिकाको आरोप छ ।

बेलायतको नेसनल साइबर सेक्युरिटीका निर्देशक पल चिचेस्टरले भनेका छन्, ‘हामीले विश्वस्तरमा चलिरहेको साइबर जासुसी अभियानको पर्दाफास गरेका छौं । यसैबाट थाहा हुन्छ कि उत्तर कोरिया आफ्नो सैन्य र परमाणु कार्यक्रमहरुलाई अगाडि बढाउन कति हदसम्म जान तयार छ ।’

कतिपय संस्थाहरुले भने एन्डरियललाई उत्तर कोरियाको जासुसी एजेन्सी आरजीबीको थर्ड ब्युरोको एक हिस्सा मान्ने गरेका छन् । यस्तै अमेरिका, बेलायत र दक्षिण कोरियाको तर्फबाट जारी गरिएको संयुक्त पत्रमा उत्तर कोरियाका ह्याकरहरुबाट बच्ने सुझाव पनि दिइएको छ ।

ती देशहरुका अनुसार उत्तर कोरियाली ह्याकरले रोबोट मेसिनरी, मेकानिकल हतियार र थ्रीडी प्रिन्टिङसँग जोडिएका सूचनाहरु संकलन गर्ने कोसिस गरिरहेका छन् । कतिपय विज्ञहरुले भने यसबारे उत्तर कोरियाली ह्याकरको गतिविधि व्यक्तिगत जीवनका लागि पनि जोखिमपूर्ण रहेको बताएका छन् ।

यसबीचमा भएका कतिपय हाइ प्रोफाइल साइबर हमलाहरुलाई पनि यसै गतिविधिमा जोडेर हेरिएको छ । जतिबेला २०१४ मा हलिउडको कमेडी फिल्मसँग बदला लिनका लागि सोनी पिक्चर्समाथि भएको साइबर आक्रमण पनि थियो । साथै यो समूहले चोरीबाटै अर्बौं डलर जम्मा पार्ने योजना बनाइरहेको पनि बताइन्छ ।

यसैबीच यसै वर्ष फेब्रुअरीमा उत्तर कोरियाले दक्षिणका राष्ट्रपतिलाई इमेल पठाएको कुरा सार्वजनिक भयो। जुन वास्तविकमा नभएर ह्याक भएपछि मात्रैः थियो । दक्षिण कोरियाली राष्ट्रपति कार्यालयले यसलाई पुष्टि पनि गरेको थियो ।

-बीबीसी


क्लिकमान्डु