हरिवंश आचार्य अस्पताल भर्ना, के भयो ?



विराटनगर । हाँस्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना भएका छन् ।

आइतबार आचार्य विराटनगरस्थित विराट नर्सिङ होममा भर्ना भएका हुन् ।

नाकबाट रगत बगेपछि आचार्यलाई अस्पताल भर्ना गरिएको हो ।

विराटनगरको हिमगिरी हाइजिङको व्यावसायिक दूत बन्ने सहमतिपत्रमा हस्ताक्षर गर्न मह जोडी शनिवार विराटनगर आएका थिए।

अस्पताल भर्ना भएपछि आचार्यलाई भेट्न कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की अस्पताल पुगेका थिए । उनले आचार्यको अवस्था सामान्य रहेको बताएका छन् ।


क्लिकमान्डु