यस्तो छ रवि लामिछानेदेखि केन्द्रीय नेताहरुमाथि मुकुलले प्रतिवेदनमा उठाएको प्रश्न (पूर्णपाठ)



काठमाडौं । संघीय संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा एउटा प्रतिवेदनले ठूलै हलचल ल्यायो ।

बुधबारको बैठकपछि महामन्त्रीबाट एक हप्ताका लागि निलम्बनमा परेका डा. मुकुल ढकालले तयार पारेको ३२ पेज लामो समीक्षा यात्राको प्रतिवेदनले बुधबार दिनभर रास्वपाको राजनीतिक विवाद उत्कर्षमा पुग्यो ।

२०८१ साल जेठ ६ गतेदेखि असार ५ गतेसम्म ३८ जिल्ला पुगेर २०७९ जनासँग दोहोरो अन्तरक्रिया गरि प्रतिवेदन बनाएको ढकाललको ‘समीक्षा यत्रा-फोक्सु्न्डो’ नाम दिइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

८० किलोमिटर पैदल र ४२१६ किलोमिटर यात्रा गरेर आफूले समीक्षा प्रतिवेदन तयार गरेको ढकालले उल्लेख गरेका छन् ।

आफूले निकै दुख गरेर प्रतिवेदन तयार गरेको भन्दै उनले उक्त प्रतिवेदन जस्ताको तस्तै सार्वजनिक गर्न सभापति रवि लामिछानेसँग माग गरेका थिए भने बैठक लाइभ गर्नुपर्ने उनको माग थियो ।

तर केन्द्रीय समितिले बैठक लाइभ गर्ने प्रस्तावलाई अस्वीकृत गर्‍यो । जसको बिरोधमा उनले कालो टेप मुखमा लगाएर बैठकमा सहभागीता जनाए ।

समीक्षा यात्रा सुरु गर्दा जेठ ६ गते राति ८ बजे पार्टी सभापति रवि लामिछानेसहितका नेताले दही खुवाएर बिदाइ गरेका थिए । तर, समीक्षा यात्राको रिपोर्टले मुकुललाई पार्टीबाट निलम्बित नै गराएको छ ।

बुधबार राति ८ बजे उनलाई केन्द्रीय समितिको बैठकले निलम्बन गर्‍यो ।

ढकालले सायद प्रतिवेदन लेख्दै गर्दा आफू पार्टीमा लामो समय नरहने आकलन गरेका थिए । त्यही भएर उनले प्रतिवेदनको ३२ औं पेजमा लेखेका छन्, ‘…पार्टीलाई जन्मदाताकै रूपमा होस् वा नेपाली जनताको आशाको रूपमा रहेकाले मलाई मेरो पार्टीप्रति माया छ, चिन्ता छ । यसरी दुर्घटन हुँदैछ भन्दा श्रीकृष्णका अनुसार मेरो अर्थात् महामन्त्री पदको मृत्यु पनि हुनसक्छ । अर्थात मलाई घोक्राएर पार्टीबाट निकाल्न पनि सक्छन् । आगामी राजनीतिक जीवनका लागि यो घातक सावित हुनेछ । तथापि यो पटक श्रीकृष्णका वाणीभन्दा एउटा धुन मनमा बढी गुञ्जियो – ‘म मरे पनि, मेरो देश बाँचिरहोस्, म नरहे पनि मेरो पार्टी बाँचिरहोस् ।’

ढकाल पार्टीमा फेरि सोही पदमा वा भूमिकामा रहन्छन् वा रहँदैनन् एकीन छैन तर उनले यात्रापछि बुझाएको प्रतिवेन अवलम्बन गरे रास्वपामा देखिएको राजनीतिक विचलनमा भने सुधार आउने देखिन्छ ।

समीक्षा बैठकका क्रममा ढकालले जे पाए

समीक्षा बैठकका क्रममा पार्टीका सदस्य, शुभेच्छुकलगायतले रास्वपाले ध्यान दिनुपर्ने थुप्रै विषय उठाएको भन्दै ढकालले त्यसलाई बुँदागत रुपमा उल्लेख गरेका छन् ।

उनले २७ बुँदामा त्यसको व्याख्या गरका छन् ।

प्रशिक्षणको अभाव, सञ्चार समन्वयको अभाव, पारंटीका मन्त्री सांसद र नेतालाई भेट्न नपाइएको, गुनासो व्यवस्थापन कमजोर, सभापतिमाथि नै पहिलो पटक प्रश्न उठ्यो,पार्टी निर्णयविरुद्ध केन्द्रीय नेताको टिप्पणी,नेताहरु सुविधाभोगी भए लगायतका विषयमा उनले प्रश्न उठाएका छन् ।

यस्तो छ ढकालले तयार गरेको ३२ पेज लामो प्रतिवेन


क्लिकमान्डु