लामिछानेविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा



काठमाडौं । गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दा आज मंगलबार पनि हेर्दाहेर्दैमा राखिएको छ । महान्यायाधिवक्ताको कार्यालयले जाहेरी नपरेको भन्दै क्लिन चिट दिएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा मंगलबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासमा पेसी चढेको थियो ।

उक्त मुद्दामा मंगलबारको बहस नसकिएपछि हेर्दाहेर्दैमा रखिएको हो । यसअघि पनि शुक्रबारका लागि पेसी तोकिएकोमा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । अधिवक्ता अनुपम भट्टराईले लामिछानेविरुद्ध कास्की प्रहरीमा पुरक जाहेरी परे पनि महान्यायाधिवक्ताको कार्यालयले क्लिन चिट दिएको भन्दै त्यसको खारेजी र लामिछानेलाई पदमुक्त गर्न माग गर्दै रिट दिएका थिए ।


क्लिकमान्डु