मुख्यसचिव अर्यालसहित ६ विरुद्ध मुद्दा दर्ताका लागि अख्तियार टोली विशेष अदालतमा



काठमाडौं । अन्तशुल्क स्टिकर छपाइमा अनियमितता भएको भन्दै मुख्यसचिव बैकुण्ठ अर्यालसहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरिरहेको छ ।

आइतबार विशेष अदालतमा मुद्दा दर्ताको लागि अख्तियारको टोली पुगेर दर्ताको काम गरिरहेको छ ।

मदिराको स्टिकर छपाइको क्रममा अर्यालसहितका सरकारी अधिकारीहरुले भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दर्ताको प्रकृया अघि बढाएको हो ।

आन्तरिक राजस्व विभागका लागि अन्तशुल्क स्टिकर छपाइका लागि सेक्युरिटी प्रिन्टिङ प्रेसले टेन्डर आह्वान गरिएको थियो । ४३ करोड ३२ थान स्टिकर प्रतिथान ८५ पैसाका दरमा छाप्ने गरी छपाइको ठेक्का पाएको प्रिन्टसेलसँग सम्झौता भएको थियो ।

प्रतिस्टिकर ३५ पैसामा छापिने गरेकोमा ८५ पैसा प्रतिस्टिकरमा छाप्नेगरी ठेक्का लगाएर अनियमितता गरेको भन्दै उजुरी परेपछि अख्तियारले छानबिन गरेको थियो ।

अनपेक्षित रुपमा स्टिकरको मूल्य बढाउने गरी प्रिन्टसेललाई ठेक्का दिइएपछि अन्तशुल्क स्टिकर छपाइको प्रक्रियामाथि प्रश्न उठेको थियो ।


क्लिकमान्डु