बुटवलको डेल्टा कम्प्लेक्सको आगलागी नियन्त्रणमा लिन १३ दमकललाई ५ घण्टा बढी



रुपन्देही । बुटवलमा रहेको डेल्टा कम्प्लेक्समा बिहीबार साँझ बाट लागेको आगो नियन्त्रणमा आएको छ ।

उक्त कम्प्लेसमा लागेको आगो निभाउन रुपन्देही, कपिलवस्तु र नवलपरासीका १३ वटा दमकल प्रयोग भएको छ । दर्जनबढी दमकललाई आगो नियन्त्रणमा लिन पाँच घण्टाभन्दा बढीको समय लागेको छ ।

बुटवल उपमहानगरका २, आयल निगमका २, गौतमबुद्ध विमानस्थलको १, रामग्राम, सुनवल, सैनामैना, वाणगंगा, लुसा, गाउँपालिकाको संयुक्त्तसमेत गरी १५ दमकल आगो निभाउन प्रयोग भएका थिए ।

डेल्टा कम्प्लेक्सको चौथो तलाबाट आगलागी सुरू भएको प्रहरीले जनाएको छ । यो मार्टमा जुत्तादेखि लुगा, खाद्यान्न बजार र एजुकेसन मार्ट सञ्चालनमा थिए ।

सुरुमा ६ वटा दमकलले आगो निभाउने प्रयास गर्दा पनि नसकेपछि पूरै भवनमा आगो लागेको स्थानीयको भनाइ छ ।

विद्युत्त सर्ट भएर आगो लागेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र, स्थानीयबासी खटिएका थिए ।

बुटवल उपमहानगरपालिका–८ स्थित मिलनचोकमा रहेको उक्त मार्टमा शैक्षिक सामग्री सहित जुत्ताचप्पलको मेला लाग्ने गर्छ ।

प्रहरीले घटना र क्षतिको विवरण संकलन भइरहेको जनाएको छ ।


क्लिकमान्डु