न्युरोडमा फुटपाथ विस्तार: सडक डिभिजनविरुद्ध महानगरको रिटमा सुनुवाइ सकियो



काठमाडौं । न्युरोडमा फुटपाथ विस्तारको काम रोकिदिएको भन्दै सडक डिभिजन कार्यालयविरुद्ध काठमाडौं महानगरपालिकाले दायर गरेको रिटमा सुनुवाइ सकिएको छ ।

उच्च अदालत पाटनमा बिहीबार न्यायाधीश राज्यलक्ष्मी ब्रचाचार्य र चन्द्रमणि ज्ञावलीको इजलासमा सुनुवाइ सकिएको हो । सुनुवाइ सकिएकाले केहीबेरमा आदेश आउने छ ।

यसअघि जेठ २७ गते महानगरले सडक डिभिजन काठमाडौं विरुद्ध रिट दायर गरेको थियो ।

रिटमा जेठ २८ गते सुनुवाइ गर्दै न्यायाधीश ब्रजेश प्याकुरेलले कारण देखाउ सहित अन्तरिम आदेश छलफलका लागि झिकाउने आदेश दिएका थिए ।

महानगरले न्युरोड क्षेत्रको फुटपाथ विस्तार गर्न खनेको सडक सडक डिभिजनले पिच गरेको थियो ।

तर महानगरले भने आफूले क्षेत्राधिकारमा पर्ने र मापदण्ड अनुसार नै सडक पेटी विस्तार गर्न खोजेको जनाएको थियो ।


क्लिकमान्डु