त्रिभुवन विश्वविद्यालयमा दिगो व्यापार व्यवस्थापनमा स्नातकोत्तर तहको पढाइ हुने



काठमाडौं । अब नेपालमै दिगो व्यापार व्यवस्थापन बिषयमा स्नातकोत्तर डिप्लोमाको पढाई हुने भएको छ ।

यो पाठ्यक्रम सुरु गर्नका लागि त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय (एसओएमटीयु) ले स्पेनको बार्सिलोनास्थित युनिभर्ससिटी पोम्पीयु फावराको बार्सिलोना स्कुल अफ म्यानेजमेन्ट, इनभेस्ट फर इम्प्याक्ट नेपालसँग सम्झौता गरेको छ ।

यो सम्झौताअनुसार पर्यावरण, सामाजिक र शासन(ईएसजी) केन्द्रित दिगो व्यापार व्यवस्थापनसम्बन्धी पाठ्यक्रम तयार पारिनेछ । यो पाठ्यक्रम तयार भएपछि आगामी नोभेम्बरदेखि बिद्यार्थी भर्ना गरिने र अगामी बर्ष २०२५ को फेब्रुअरीदेखि कक्षा सञ्चालन हुनेछ ।


क्लिकमान्डु