राज्यका सबै अङ्ग र तहमा भ्रष्टाचार र ढिलासुस्ती बढ्दै गयोः नेकपा एस



काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले वर्तमान राजनीतिमा बढेको अस्थिरता, अविश्वासले पुनरुत्थानवादी शक्तिहरूलाई हौसला दिएको बताएको छ ।

आइतवार काठमाडौंमा दशौं राष्ट्रिय महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पार्टीले उत्पादनमा ह्रास, लगानी र पुँजीगत खर्चमा कमी, रोजगारीमा कटौती र बेरोजगारीमा वृद्धिजस्ता प्रवृत्तिले पुनरुत्थानवादी शक्तिहरूलाई हौसला दिएको बताएको हो । पत्रकार सम्मेलनमा पार्टीका महासचिव घनश्याम भुषालले पुनरुत्थानवादी शक्तिहरुले सामाजिक तथा साम्प्रदायिक सद्भाव र एकतालाई खल्बल्याउने प्रयत्न गरिरहेको बताए ।

राज्यका सबै अङ्ग र तहमा भ्रष्टाचार र ढिलासुस्ती बढ्दै गएको उनले बताए ।
रोजगारी र सुशासनलाई राजनीतिको प्रमुख मुद्दा बनाउनुपर्ने उनले बताए ।

नेकपा (एकीकृत समाजवादी)ले जेठ १६ गतेबाट २० गतेसम्म महाधिवेशन गर्दैछ ।


क्लिकमान्डु