सन्दीपलाई भिसा नदिएर अमेरिकाले नेपालको अपमान गर्‍यो: ज्ञानेन्द्र शाही



काठमाडौं । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिएर नेपालमाथि अपमान गरेको आरोप लगाएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा शाहीले विश्वकपमा क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई भिसा नलागे पनि सांसदहरु मौन बसेको भन्दै असन्तुष्टि पोखे ।

देश चिनाउने खेलाडी र कलाकारले भएको भन्दै उनले सन्दीपलाई भिसा नदिनु भनेको नेपालीहरु र सन्दीपमाथि गरेको अपमान नभइ सिंगो देशमाथि गरेको अपमान भएको उनले बताए ।
अमेरिकाले विश्वकप क्रिकेट आयोजना गरेको र त्यहाँ खेल्ने खेलाडीलाई नै भिसा नदिएर अर्को देशमाथि हस्तक्षेप गरेको उनको आरोप छ ।

नेपालको परराष्ट्र नीति पञ्चशीलमा आधारित हुने उल्लेख भए पनि त्यो अनुसार हनु नसकेको उनले बताए ।
‘के आधारमा परराष्ट्र नीति बनाएका छौं पञ्चशीलको आधारमा बनाएका हौ? एक देशले अर्को देशलाई अस्वीकार गर्न मिल्छ ?’उनले भने,’ उच्च अदालतले निर्दोष सावित गर्छ, क्यान र आईसीसीले स्वीकृत गर्छ तर खेलाडीलाई भिसा लाग्दैन अनि मन्त्री र प्रधानमन्त्री झण्डा हल्लाएर हिँड्न लाज लाग्दैन ?’


क्लिकमान्डु