क्रिकेट खेल गतिविधिबाट सन्दीप लामिछानेको निलम्बन फुकुवा



काठमाडौं । उच्च अदालतबाट सफाइ पाएपछि क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट एसोसिएसनले निलम्बन फुकुवा गरेको छ ।

बुधबार अदालतले सफाइ दिएसँगै क्यानले निलम्बन फकुवा गरेको हो ।

यस्तो छ क्यानको निर्णय

सम्मानित उच्च अदालत पाटनको मिति २०८० जेठ २ को फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको हुंदा सन्दिप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउंदछौ।


क्लिकमान्डु