वर्षाले राहत: पोखरा विमानस्थल खुल्यो



काठमाडौं । हिजोको वर्षाले पोखरा विमानस्थल विहानदेखि खुलेको छ । पोखरा विमानस्थलमाथिको आकासलाई प्रदूषणले ढाकेका कारण करिब २ सातादेखि उडान अतवरण प्रभावित भइरहेको थियो ।

विमानस्थलमा उडान गर्न भिजिबिलिटी कम भएका कारण उडान हुने र नहुने तनावले व्यवस्थान मिलाउनै सकस परेको वायुसेवाले अब उडान नियमित हुने विश्वास गरेका छन् ।

बुद्ध एयरका सञ्चार संयोजक दीपेन्द्र कर्णले हिजोको पानीले विमानस्थल खुलेका कारण उडान अवतरण सहज हुने बताए । विहानैदेखि पोखरा विमानस्थल खुलेकोले उडान अवतरण निर्वाध रुपमै सुरु भएको छ ।

पोखरामा दैनिक ६० वटा उडान काठमाडौंका लागि मात्रै हुने गरेको छ । आन्तरिक वायुसेवा कम्पनी बुद्ध एयरको दैनिक ३४, यतिको २० र श्रीको ६ वटा उडान तथा अवतरण पोखराको लागि मात्रै छ । पोखरामा भरतपुर, नेपालगन्ज र विराटनगरबाट पनि बुद्ध एयरले दैनक एकएक उडान गर्दै आएको छ ।


क्लिकमान्डु