जलविद्युतमा साढे ३ खर्ब रुपैयाँ लगानी खोज्दै निजी क्षेत्र, शोकेसमा १८३७ मेगावाटका १९ आयोजना



काठमाडौं । लगानी सम्मेलनमा निजी क्षेत्रले जलविद्युतमा साढे ३ खर्ब रुपैयाँभन्दा बढीको लगानी खोजेको छ । अगामी १६ र १७ गते हुने लगानी सम्ममेलनमार्फत नेपालको निजी क्षेत्रका जलविद्युत आयोजानाले १८३७ मेगावाटका १९ आयोजनाका लागि उक्त लगानी खोजेको हुन् ।

लगानी सम्ममेलनमा सोकेशमा परेको निजी क्षेत्रका तयारी अवस्थाका १९ वटा जलविद्युत आयोजना छन् । यी आयोजनामा न्यूनतम २३ मेगावाटदेखि अधिकतम ३२५ मेगावाटसम्मका आयोजना परेका छन् ।

निजी क्षेत्रले विदेशी लगानी खोजेका यी आयोजनाको औषत लगानी २० करोेड रुपैयाँ प्रतिमेगावाटका हिसावले पनि ३ खर्ब ६७ अर्ब रुपैयाँका आयोजनाले विदेशी लगानी खोजका हुन् ।
लगानी सम्ममेलनमार्फत विदेशी लगानीकर्ता खोजेको आयोजनामा निजी क्षेत्रकै सबैभन्दा ठूलो आइएमएस ग्रुपको अपर भेरी हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट रहेको छ । यो हाइड्रोमा प्रतिमेगावाट १७ करोड रुपैयाँ लगानी लाग्ने अनुमान आइएमएस ग्रुपको छ । यही लगानीको हिसाबले पनि यो जलविद्युत् आयोजनाको निर्माण गर्न करिब ५५ अर्ब रुपैयाँ खर्च हुने अनुमान आइएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्राले क्लिकमान्डुलाई जानकारी दिए ।

नेपालमा निर्माण हुने जललविद्युत् आयोजनाको औषत निर्माण लागत प्रतिमेगावाट २० करोड रुपैयाँ मानिन्छ । कुनै आयोजना सस्तो त कुनै महंगोमा बन्ने भएकोले पनि औषतमा लगात अनुमान निकालिएको पनि उल्लेख छ ।

लगानी सम्मेलनमा ठूला ठूला आयोजना राखिनुपर्ने भएपनि सरकारले पीपीए गरेका र लगानीयोग्य आयोजना साना नै धेरै भएको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीले बताए ।

उनले भने ‘निजी क्षेत्रका ठूला आयोजनामा पीपीए नै भएका छैनन् । पीपीए भएका र लगानीका लागि तयारी अवस्थाका आयोजनालाई सोकेशमा राखेर सानामै लगानी भित्र्याउँदै नेपालमा सहज वातावरण छ भन्ने सन्देश दिन खोजिएको हो ।’

नेपालमा सहजै विदेशी लगानी भित्र्याउन सकिन्छ र लगानीकर्तालाई सानादेखि ठूलासम्मकै आयोजनामा भित्र्याउन सकिन्छ भनेर सन्देश दिन खोजिएको पनि कार्कीले बताए ।

त्यतिमात्रै नभएर लगानी सम्मेलनमा हाइड्रोकै मेजोरिटीसमेत देखिन्छ । हाइड्रोपावरमा खोजिएको यो लगानीले पनि नेपालमा जलविद्युत् सम्भावना धेरै छ भन्ने देखाउँछ । नेपालमा लागनीको संभावना जलविद्युतमै भएकोले जति पनि आयोजना आएका छन् त्यसलाई बनाउने र निर्यात गर्ने काम अब सरकारले गर्नुपर्ने बुझाई पनि कार्कीको छ ।

लगानीसम्मलेनमा निजी क्षेत्र बाहेक सरकारी कम्पनीले अगाडि बढाउने मुगु कर्णाली स्टोरेज हाइड्रोपावर प्रोजेक्टसमेत छ । सरकारले सोकेशमा राखेको १९०२ मेगावाटको यो आयोजना अहिलेसम्मकै ठूलो सोकेशमा राखिएको जलविद्युतको अयोजना हो ।

यी हुन् लगानी सम्ममेलनको सोकेशमा राखिएका १९ निजी क्षेत्रका आयोजना


क्लिकमान्डु