गरिमा विकास बैंकको सीईओमा माधव उपाध्याय
![](https://clickmandu.com/wp-content/uploads/2024/03/garima-bikash-bank-Madhav-Prasad-Upadhaya-768x403.png)
काठमाडौं । गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा माधव प्रसाद उपाध्याय नियुक्त भएका छन् ।
बैंकको चैत १४ गते बसेको सञ्चालक समितिको बैठकले उपाध्यायलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
आगामी वैशाख १ गतेदेखि लागू हुने गरी उनी आगामी ४ वर्षका लागि बैंकको सीईओ नियुक्त भएका हुन् । व्यवस्थापनमा स्नातकोत्तर गर्नु भएका उपाध्याय गरिमा विकास बैंक लिमिटेडमा संस्थापना कालदेखि कार्यरत रहनुका साथै विगत १५ वर्षदेखि कम्पनी सचिवको रुपमा र विगत ११ वर्षदेखि डेपुटी सीईओ पदमा कार्यरत छन् । उनी बैंकिङ क्षेत्रमा प्रवेश गर्नुपूर्व करिब डेढ दशक अध्यापन/प्राध्यापन पेशामा संलग्न थिए ।
बैंकका सीईओमा अहिले गोविन्द प्रसाद ढकाल रहेका छन् । उनको कार्यकाल यही चैत ३० गते समाप्त हुँदैछ । यसैगरी कम्पनी सचिवमा बैंकका सहायक सीईओ अनिल रेग्मीलाई नियुक्त गरिएको पनि बैंकले जनाएको छ ।