गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति सम्भव छैनः ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले परिपक्व प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले कंग्रेसले सरकारबाट बाहिरिनुपरेको पीडा पोखिरहेको आरोप लगाए ।

सरकारभन्दा बाहिर हुने बित्तिकै नेपाली कांग्रेसले आवेश, उत्तेजना देखाउने, प्रतिशोधपूर्ण अभिव्यक्ति, क्रियाकलाप गर्ने र संसद अवरुद्ध गर्ने जस्ता क्रियाकलाप गर्नु नहुने उनको भनाइ छ ।

‘अहिले उहाँहरु सरकारबाट बाहिर हुनुहुन्छ । सरकार भन्दा बाहिर हुने बित्तिकै नेपाली काँग्रेस जस्तो पार्टीले कुनै आवेश, उत्तेजना देखाउने, प्रतिशोधपूर्ण अभिव्यक्ति, क्रियाकलाप गर्ने र संसद अवरुद्ध गर्ने जस्ता क्रियाकलाप गर्नु हुँदैन । हामी नेपाली काँग्रेसबाट एउटा परिपक्व प्रतिपक्षको भुमिका माग्दछौँ । संसदीय छानबिन समिति कसरी र केका लागि बन्ने ? सम्भव नै छैन’ उनले भने ।

अध्यक्ष ओलीले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न कांग्रेसले संसदीय समितिको माग गरे पनि सम्भव नरहेको बताए ।


क्लिकमान्डु