अध्यागमन विभागको महानिर्देशकमा निरौला, ११ जिल्लामा फेरिए सीडीओ (सूची)



काठमाडौं । गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा कोषहरि निरौलालाई पठाएको छ । गृहले मंगलबार सहसचिव निरौलालाई अध्यागमन विभागमा पदस्थापन गरेको हो ।

फागुन ६ मा विभागका तत्कालीन महानिर्देशक रुद्रसिंह तामाङरिुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि विभाग महानिर्देशकविहीन थियो ।

त्यस्तै गृहले त्रिभुवन विमास्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव गोगनबहादुर हमाललाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरेको छ । उनको ठाउँमा नरबहादुर थापालाई पठाइएको छ ।

यस्तै संखुवासभा, अर्घाखाँची, लमजुङ, ओखलढुंगा, रोल्पा, जाजरकोट, धनुषा, खोटाङ, कैलाली, दार्चुला, तेह्रथुम र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी सरूवा भएका छन् ।

संखुवासभामा ध्रुवबहादुर खड्का, अर्घाखाँचीमा सूर्यबहादुर खत्री, लमजुङमा बुद्धबहादुर गुरूङ, ओखलढुंगामा नारायण ढकाल, रोल्पामा खिमबहादुर रायमाझी, जाजरकोटमा ऋषिराज आचार्य, धनुषामा रामुराज कडरिया, खोटाङमा शिवकुमार कार्की, कैलालीमा किरण जोशी, दार्चुलामा यज्ञराज जोशी, तेह्रथुममा मीना अर्याल र ताप्लेजुङमा रवीन्द्र आचार्य सीडीओ बनेका छन् ।


क्लिकमान्डु