एभरेष्ट बैंकको नाफा ७.८८ प्रतिशतले बढ्यो, ६ महिनामा १ अर्ब ७१ करोड कमायो



काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमास (६ महिनासम्ममा) ७.८८ प्रतिशतले बढेको छ । बैंकले जारी गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले चालू आवको पहिलो ६ महिनामा १ अर्ब ७१ करोड ३१ लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

यस्तो नाफा गतवर्ष आर्थिक वर्षको सोही अवधिको तुलनामा १२ करोड ५१ लाख ४५ हजार रुपैयाँले बढी हो । गत आर्थिक वर्षको दोस्रो तैमाससम्मा यो बैंकले १ अर्ब ५८ करोड ८० लाख ३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी यो अवधिमा १.२७ प्रतिशतले घटेको छ । बैंकले चालू आवको दोस्रो त्रैमाससम्ममा ३ अर्ब ६२ करोड ३४ लाख ४७ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो । यस्तो आम्दानी गत वर्ष ३ अर्ब ६७ करोड २ लाख ४५ हजार रहेको थियो ।

बैंकको सञ्चालन आम्दानी २ अर्ब ४४ करोड ७५ लाख ९५ हजार रुपैयाँ रहेको छ । यसको खराब कर्जा ०.७७ प्रतिशतमा छ । यस्को खराब कर्जा गत वर्षको यही अवधिमा ०.५५ प्रतिशत रहेको थियो ।

चुक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख ४ हजार रुपैयाँ रहेको यो बैंकको जगेडा कोषमा ११ अर्ब ४२ करोड ७६ लाख २ हजार रुपैयाँ छ ।

चालू आवको दोस्रो त्रैमासम्मा यो बैंकले २ खर्ब १३ अर्ब ८६ करोड २४ लाख ८६ हजार रुपैयाँ निक्षेप संकलन गरेको गरेर १ खर्ब ६८ अर्ब ४८ करोड ३८ लाख ८६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यो बैंकको प्रतिशेयर आम्दानी २९ रुपैयाँ १२ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ २१९ रुपैयाँ ५७ पैसा छ ।


क्लिकमान्डु