आईओएसमा दर्ता हुने पहिलो नेपाली वायुसेवा बन्यो हिमालय एयरलाइन्स



काठमाडौं । निजी क्षेत्रको अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनी हिमालयन एयरलाइन्स इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आयटा)को अपरेसनल सेफ्टी अडिट प्रोग्राम (आईओएसए)मा दर्ता भएको छ ।

हिमालयन एयरलाइन्स आईओएसमा दर्ता हुने पहिलो नेपाली वायुसेवा हुन पुगेको छ । नेपालको उड्डयन क्षेत्रको सुरक्षा मापदण्ड सुदृढीकरण गर्न सकेको यो वायुसेवाले २८ डिसेम्बर २०२३ मा आईओएसमा दर्ता भएको छ । यसमो मान्य अवधि ३ मार्च २०२५ सम्म रहेको पनि हिमालयन एयरलाइन्सले जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ ।

हिमालय एयरलाइन्सले आईओएसए कार्यक्रम म्यानुअलको प्रावधान पूरा गरेर दर्ता हुन सफल भएको छ ।

हिमालयन एयरलाइन्सका लागि आईओएसए प्रमाणीकरणले यात्रुहरूलाई सुरक्षित र भरपर्दो यात्राको अनुभुति प्रदान गर्ने दाबी सम्बन्धित वायुसेवाको छ ।

यो प्रणपत्र पाउनुमा हिमालय एयरलाइन्सले हवाई उडान सुरक्षा मापदण्ड र उत्तम अभ्यासहरू पालना गरेको पुष्टि गरेको पनि हिमालयनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आईओएसए कठीन परीक्षण प्रक्रियाले वायुसेवा सञ्चालनका विभिन्न पक्षहरूको मूल्यांकन गर्दै दक्षता, जोखिम व्यवस्थापन र समग्र कार्यसम्पादन सुधार भएको पनि उल्लेख छ ।

हिमालयन एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले नेपाली वायुसेवाले अन्तर्राष्ट्रिय स्तरको प्रमाणपत्र पाउनु उड्डयन उद्योगकै लागि सकारात्मक भएको बताए । हवाई सुरक्षा र अपरेसनमा उत्कृष्ट सेवा प्रदान गर्न यस्तो प्रमाणपत्रले हिमालयलाई थप उत्साहित बनाउने पनि श्रेष्ठको बुझाइ छ ।


क्लिकमान्डु