पदयात्रा पर्यटनको प्रवर्द्धनमा सोट्टो नेपाल



काठमाडौं । ट्राभल व्यवसायीहरूको छाता संस्था सोसाइटी अफ ट्राभल एण्ड टूर अपरेटर्स नेपाल ९सोट्टो०ले ४४ औं बिश्व पर्यटन दिवस को अबसर पारेर पदयात्रासहितको अन्तरक्रिया गरेको छ ।

सोट्टो नेपालले पदयात्रा पर्यटनको प्रवद्र्धनसँगै विश्व पर्यटन दिवसको अवसर पारेर अन्तरक्रिया गरेको छ । यसका लागि सोट्टो नेपालद्वारा सुन्दरीजल, मूलखर्क, धाप ड्यामहुँदै प्रकृति रिसोर्ट हैबुङ्गसम्म शनिबार पदयात्रा गरेको छ ।

सोट्टो नेपालले उक्त पदयात्रासँगै पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा स्थानीय तहको र व्यवसायीक संस्थाको भूमिकासहितका विषयमा एक अन्तरक्रिया पनि सम्पन्न गरेको छ । सोट्टोले मेलम्ची नगरपालिसँग उक्त अन्तरक्रिया कार्यक्रम गरेको सोट्टो नेपालका अध्यक्ष भुवन पाण्डेले जानकारी दिए ।

पदयात्रा ११० जनाको सहभागिता थियो । ट्राभल व्यवसायीको उक्त पदायत्रालाई गोकर्णेश्वर नगरपालिका, मेलम्ची नगरपालिका र विभिन्न संघ संस्थाका प्रतिनिधिले साथ दिएको सोट्टोले जानकारी दिएको छ ।


क्लिकमान्डु