नागरिक उड्डयन प्राधिकरणविरुद्ध बालेनको रिट अदालतद्वारा खारेज
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणविरुद्ध अदालत पुगेका काठमाडौं महानगरका प्रमुख बालेन शाहको रिट खारेज नभएको छ ।
त्रिभुवन विमानस्थलको संवदेशनशील क्षेत्रमा लगाइएको तारबार भत्काएपछि महानगरलाई ५० हजार रुपैयाँ जरिवाना तिराउने क्यानको निर्णय कार्यान्वयन नगर्न माग गर्दै शाह उच्च अदालत पुगेका थथिए ।
उच्च अदालत पाटनका न्यायाधीश दुर्गावहादुर विश्वकर्मा र रमेश ढकालको संयुक्त इजलासले बुधवार बालेनको रिट खारेज गर्दै महानगरपालिका र मेयर बालेन शाहलाई कारबाही गर्ने क्यानको निर्णय कार्यन्वयनको बाटो खुलाएको हो ।