दोधरा चाँदनी सुक्खा बन्दरगाह बनाउने सहमति, यस्तो बन्नेछ बन्दरगाह



काठमाडौं । नेपाल र भारतबीच कञ्चनपुरको दोधरा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण गर्ने सम्झौता भएको छ । नेपाल र भारतका प्रधानमन्त्रीको उपस्थितमा नेपालको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी र भारतको तर्फबाट नेपालका लागि दूतावास नविन श्रीवास्तवले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मातहतमा रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले उक्त बन्दरगाह निर्माणका लागि गत फागुनमै वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेस गरेको थियो ।

समितिले दोधरा–चाँदनी नगरपालिका वडा १,२ र ३ क्षेत्रमा सडक, रेल्वे, प्लेटफर्म, गोदाम, पार्किङ क्षेत्र, भन्सार, तौल पुल, कन्टेनर यार्ड, यात्रु टर्मिनल, पशुपन्छी/खाद्य जाँच केन्द्र, कार्यशाला, बैंक, प्रहरी केन्द्र, प्रशासनिक भवन आदि भौतिक संरचनाहरु निर्माण गर्ने ईआइएमा उल्लेख गरेको थियो ।

समितिले करिब २८० बिगाहा (१८९ हेक्टर) क्षेत्रफलमा बन्दरगाह निर्माण गर्ने भएको छ । जसमा १४७.२९ हेक्टर क्षेत्रफलमा कुल निर्माण क्षेत्र हुनेछ ।

समितिअनुसार बन्दरगाहमा ३ देखि ५ मिटर उचाईमा अन्डरग्राउन्ड सल्ट हुनेछ । त्यसैगरी, बन्दरगाहमा आयात ७ हजार वर्गमिटर क्षेत्रफलमा गोदाम हुनेछ भने २५२० वर्गमिटरमा निर्यात गोदाम हुनेछ । साथै, १७ हजार ५ सय वर्गमिटरमा रेल्वे वायर हाउस हुनेछ भने १० हजार वर्गमिटरमा कन्टेनर स्टेकिङ यार्ड हुनेछ ।

बन्दरगाहमा ६६० वर्गमिटरमा यात्रु टर्मिनल भवन, १६५० वर्गमिटरमा प्रशासनिक भवन, १६५० वर्गमिटरमा चमेना गृह, ९६० वर्गमिटरमा सुरक्षा कर्मचारी, ६६० वर्गमिटरमा भन्सार र १२ सय वर्गमिटरमा बैंक/क्वारेन्टाइन निर्माण गर्नेछ । त्यस्तै, २४ सय वर्गमिटर क्षेत्रफलमा कर्मचारी आवास र ७५ वर्गमिटरमा पार्किङ क्षेत्र शौचालय निर्माण गर्नेछ ।

समितिअनुसार बन्दरगाहमा ३ हजार मालवाहक पार्किङ क्षमता हुनेछ । समितिले बन्दरगाह निर्माणका लागि १५ अर्ब खर्च हुने अनुमान गरेको छ ।

सुदुरपश्चिम प्रदेशमा रहेको ९ वटा जिल्ला र गोदवारी राजधानी रहेको कञ्चापुरको दोधरा चाँदनीको निर्माणको लागि १९ हजार ५ सय ३९ वर्ग किलोमिटर ओगट्ने समितिले जनाएको छ । हाल उक्त बन्दरगाहसम्मको सडक जोड्नको लागि सरकारले ६.२ किलोमिटर सडक बनाइ रहेको अवस्थामा छ ।

समितिले बन्दरगाह तथा एकीकृत जाँच चौकीको लागि २८० सामुदायिक बनको उपयोग गर्ने भएको छ ।


क्लिकमान्डु