जीवन बिमा कम्पनीले कमाए ३ अर्ब नाफा, एलआइसी, यूनियन र सन नेपालको छलाङ



काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा जीवन बिमा कम्पनीहरुको नाफा ६३.०१ प्रतिशतले बढेर ३ अर्ब ७३ करोड ६३ लाख ४९ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीहरुले २ अर्ब २९ करोड २१ लाख ६० हजार रुपैयाँ नाफा कमाएका थिए ।

लाइफ इन्स्योरेन्स कर्पोरेसन(एलआइसी), साविकको यूनियन लाइफ र सन नेपाल लाइफले नाफामा फड्को मारेका छन् । अर्थात सबैभन्दा धेरै प्रतिशतले नाफा बढाउने कम्पनीको सूचीमा यी कम्पनीहरु परेका हुन् ।

गत आवको सोही अवधिको तुलनामा एलआइसीको नाफा १२९४.९२ प्रतिशतले बढेर ८ करोड ३७ लाख ९ हजार रुपैयाँ, यूनियन लाइफको नाफा ३७५.१४ प्रतिशतले बढेर १२ करोड ९५ लाख ९० हजार रुपैयाँ र सन नेपाल लाइफको नाफा २०९.४८ प्रतिशतले बढेर ४४ करोड ४५ लाख १९ हजार रुपैयाँ पुगेको हो ।

गत आवको सोही अवधिमा एलआइसीको नाफा ६० लाख १ हजार, यूनियनको २ करोड ७२ लाख ७४ हजार र सन नेपाल लाइफको १४ करोड ३६ लाख ३२ हजार रुपैयाँ थियो ।

जीवन बिमा कम्पनीहरुको बिमाङ्कीय मूल्यांकनपछि मात्रै वास्तविक नाफा देखिन्छ । यद्यपी बिमाङ्कीय मूल्याङ्कन अघिको वित्तीय विवरणलाई आधार मानेर हेर्दा सबै जीवन बिमा कम्पनीको नाफा बढेको देखिन्छ ।

नेपाल लाइफको नाफा धनात्मक, संस्थान बाहेक सबैको बढ्यो

जीवन बिमा व्यवसाय गर्ने कम्पनीहरुमध्ये सूर्यज्योति लाइफ धेरै नाफा कमाउने कम्पनीको पहिलो नम्बरमा परेको छ । इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५३ करोड ७६ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको हो ।

साविककको कम्पनी(सूर्या लाइफ र ज्योति लाइफ) एक आपसमा मर्जर भई सूर्य ज्योतिको नाममा पुष ७ गतेदेखि एकीकृत कारोबार शुरु गरेका थिए । गत आवको सोही अवधिको तुलनामा इन्स्योरेन्सको नाफा ५०.५३ प्रतिशतले बढेको हो ।

नेपाल लाइफ इन्स्योरेन्सले यस अवधिमा ४४ करोड ६५ लाख ४९ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीको नाफा ऋणात्मक थियो । उक्त अवधिमा कम्पनीको नाफा १९ करोड ४५ लाख रुपैयाँ ऋणात्मक थियो ।

कम्पनीहरुको प्रकाशित गरेको वित्तीय विवरणअनुसार राष्ट्रिय बीमा संस्थान बाहेककका सबै कम्पनीको नाफा बढेको छ । संस्थानको नाफा ७३.७५ प्रतिशतले घटेर १ करोड ३ लाख ३८ हजार रुपैयाँमा सीमित भएको छ । गत आवको सोही अवधिमा संस्थानले ४ करोड ९७ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यस्तै, ५ वटा कम्पनीले १५ करोड भन्दा माथि र २० करोड भन्दा कम नाफा कमाएका छन् । यस अवधिमा प्राइम लाइफले २१ करोड २० हजार रुपैयाँ, साविकको गुराँस लाइफले १६ करोड १२ लाख २७ हजार रुपैयाँ, सानिमा रिलायन्स लाइफले १६ करोड १० लाख ४३ हजार रुपैयाँ, एशियनले १९ करोड ४७ लाख २२ हजार रुपैयाँ, आइएमइले १८ करोड २४ लाख ५० हजार र सिटिजनले १५ करोड १ लाख ४८ हजार रुपैयाँ नाफा कमाएका छन् ।

यस्तै, नेशनल लाइफले २९ करोड ६९ लाख २५ हजार, मेट लाइफले २२ करोड ३३ लाख ६० हजार र रिलायबल नेपाल लाइफले २८ करोड ५७ लाख ३६ हजार रुपैयाँ नाफा कमाएका छन् । यस अवधिमा महालक्ष्मी लाइफले ८ करोड ३२ लाख ३९ हजार रुपैयाँ नाफा कमाएको छ ।

गत आवको सोही अवधिको तुलनामा साविकको प्राइम लाइफको नाफा १०.८० प्रतिशत, नेशनलको १६.१६ प्रतिशत, गुराँस लाइफको २२.५१ प्रतिशत, महालक्ष्मी लाइफको १४.९४ प्रतिशत, सानिमा रिलायन्सको २०.३५ प्रतिशत, मेट लाइफको २३.४० प्रतिशत, प्रभु लाइफको ३०.६५ प्रतिशत, एशियनको ५.८० प्रतिशत, सिटिजन लाइफको २.६० प्रतिशत र रिलयाबल नेपाल लाइफको ३५.६४ प्रतिशतले बढेको हो ।


क्लिकमान्डु