वाणिज्य बैंकको सेयरमा जोखिम तथा प्रतिफलको अवस्था



कुनै पनि कम्पनीले जारी गरेको स्वामित्वको अंशलाई वनर सेयर भनिन्छ । सेयरमा लगानी गर्ने लगानीकर्ताहरुलाई आफ्नो लगानीको रकम अनुसार कम्पनीको स्वामित्व प्राप्त हन्छ ।

सेयरमा दिईने लाभांशको दर निश्चित हुँदैन र कम्पनीले आर्जन गर्ने नाफाको घटबढ अनुसार यो पनि घटिवढी हुन सक्छ । त्यसै गरि कम्पनीले नाफा आर्जन गर्दैमा साधारण सेयरवालाहरुलाई लाभांश प्राप्त हुन्छ भन्ने हुँदैन अर्थात सेयरमा लाभांश दिनै पर्ने बाध्यात्मक अवस्था हुँदैन। तर कम्पनीले जति बढी नाफा आर्जन गर्दछ, उति नै बढी दरमा लाभांश प्राप्त हुने सम्भावना भने रहन्छ ।

साथै लाभांशको रुपमा कम्पनीले सेयरवालाहरुलाई बोनश सेयर पनि वितरण गर्न सक्छ । सम्बन्धित कम्पनी खारेजीमा गएको अवस्थामा डिवेञ्चरवालाहरु र अग्राधिकार सेयरवालाहरुलाई भुक्तानी गर्नुपर्ने रकम भक्तानी गरिसकेपछि बाँकी रहेको रकम मात्र शेयरवालाहरुले दावी गर्न सक्छन् । तसर्थ कम्पनीको स्वामी भएको हैसियतले शेयर धनीहरुले उठाउने जोखिम बढी हुन्छ ।

यस कारण शेयरमा गरिने लगानीलाई जोखिमपूर्ण मानिएको छ । बढी प्रतिफल प्राप्त गर्न बढी जोखिम पनि उठाउन तयार हुने लगानीकर्ता (Aggressive Investor)  का लागि मात्र साधारण शेयर जस्तो धितोपत्रको औजार उपयुक्त मानिन्छ । नेपालमा हालको प्रचलित ब्यवस्था अनुसार साधारण शेयरको अंकित मूल्य साधारणत १०० रुपैयाँ रहेको छ । कथंकदाचित सम्बन्धित कम्पनी खारेजीमा गई ठलो दायित्व ब्यहोर्नुपर्ने भएमा पनि साधारण शेयरवालाहरुको दायित्व उनीहरुले लगानी गरेको रकमसम्म सिमित हुन्छ ।

सामान्यतयाः मुद्राको कारोबार वा लेनदेन गर्ने गरी प्रचिलत कानुनबमोजिम संगठित वित्तीय संस्थालाइ बैंक भनिन्छ । प्रयोगात्मक नेपाली शब्दकोश २०६१ मा चाहेको बेला झिक्न पाउने गरी राखिदिने ब्याजमा ऋण दिने आदि आर्थिक कारोबार गर्ने संस्थालाई बैंक भनिएको छ । अर्को भाषामा बैंकलाइ जनताको धनराशी जम्मा गर्ने तथा जनतालाई कर्जा प्रवाह गर्ने वित्तीय संस्था पनि भन्ने गरिन्छ ।

खासगरी जनताले आफ्नो धनराशीको सुरक्षा र ब्याजको आसामा बैंकमा पैसा राख्ने गर्छन् । बैंकमा जम्मा गरेको धनराशी पुर्व निर्धारित बैंकिङ नियम पुरा गरि निकाल्न र फेरी राख्न पनि पनि सकिन्छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ३१ मा क देखि घ बर्गका बैंक त संस्थाको ब्यवस्था गरिएको छ । क वर्गका बैंकहरुलाई नेपाल राष्ट बैंकले चुक्ता पुस करोड पुर्याउन बाध्यकारी व्यवस्था गरिदिएको छ ।

वि.सं १९९४ मा स्थापना भएको नेपाल बैंक लिमिटेड नेपालको पहिलो वाणिज्य नेपालमा हाल २७ वटा वाणिज्य बैंकहरु छन् । सर्वप्रथम वि.सं १९९५ नेपाल बैंक लिमिटेड सर्वसाधारणको लागि सेयर निष्कासन गरेको छ । हाल सबै २५ वटा बैंकले सर्वसधारणका लागि सेयर निष्कासन गरेको छ ।

माथिको तालिका अनुसार क वर्गका बैंकहरुको विगत १० वर्षको औषत प्रतिफल (नगद तथा बोनस सेयर) १८.४३ प्रतिशत रहेको छ । विगत १० वर्षको औषत प्रतिफल हेर्दा सबै भन्दा बढि नविल बैंक लिमिटेडको ४६.११ प्रतितशत तथा सबैभन्दा कम नेपाल बैंक लिमिटेडको औषत प्रतिफल भन्दा करिब ९ गुणा कम ५.८० प्रतिशत रहेको छ ।

त्यसैगरि १० वर्षको औषत प्रतिफल ४० प्रतिशत भन्दा बढी २ वटा बैंकको रहेको छ भने ३० देखि ४० प्रतिशतको बिचमा २ बैंकहरुको रहेको छ । त्यसैगरी २० देखि ३० प्रतिशतको बिचमा २ बैंकहरुको रहेको छ । त्यसैगरी १० प्रतिशतदेखि कम औषत प्रतिफल ४ वटा बैंकहरुको रहेको छ । क वर्गका बैंकहरुको विगत १० वर्षको औषत प्रतिफल हुने बैंक ८ वटा रहेका छन् भने क वर्गका बैंकहरुको विगत १० वर्षको औषत प्रतिफ(नगद तथा बोनस सेयर्र) १८.३५ प्रतिशत भन्दा कम औषत प्रतिफल हुने बैंक १८ वटा रहेका छन् ।

कुनै पनि लगानी गर्दा लगानीकर्ताको प्रतिफलको साथसाथै उक्त प्रतिफलमा रहेको जनोखिमको समेत विश्ल्ेषण गर्नुपर्ने हुन्छ । सामान्यतया प्रतिफलमा रहेको जोखिमलाई Standard Devitationa(S.D.) तथा Coefficent Of Variance(C.V.)ले मापन गरिन्छ । Standard Devitationa(S.D.)ले औषत वा अपेक्षित प्रतिफल भन्दा प्रतिफल हुने जोखिमलाई मापन गर्छ भने प्रतिफको प्रति इकाइमा रहेको जोखिमलाई Coefficent Of Variance(C.V.) ले मापन गर्दछ । क वर्गको बैंकको प्रतिफलमा रहेको जोखिमको अवस्था देहाय बमोजिम रहेको छ ।

माथिको तालिका अनुसार क वर्गका बैंकहरुको विगत १० वर्षको औषत प्रतिफलमा सबै भन्दा बढी Coefficent Of Variance(C.V.) नेपाल बैक लिमिटेडको १.६६ रहेको छ भने सबै भन्दा कम Coefficent Of Variance(C.V.) प्राइम कर्मशियल बैंक लिमिटेडको रहेको छ जुन नेपाल बैंक लिमिटेडको भन्दा करिब ७ गुणा कम ०.२४ रहेको छ । क वर्गका बैंकहरुको विगत १० वर्षको प्रतिफलमा औषत Coefficent Of Variance(C.V.) ०.५० रहेको छ । सो औषत Coefficent Of Variance(C.V.) भन्दा बढी ११ वटा बैंकको Coefficent Of Variance(C.V.)  रहेको छ । भने १४ वटा बैंकको Coefficent Of Variance(C.V.) औषत भन्दा कम रहेको छ । त्यसैगरी नेपाल बैंक लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडको प्रतिफलको  Coefficent Of Variance(C.V.) १ भन्दा बढी रहेको छ । जसमा प्रतिफलको तुलना निकै जोखिम रहेको मानिन्छ ।

सामान्यतया उच्च प्रतिफल रहेको लगानीका साधनमा उच्च जोखिम हुन्छ भन्ने लगानीको सिद्धान्त रहेको हुन्छ । तर, नेपाली क वर्गाको बैंकको सेयर बजारमा औषत प्रतिफल कम तर तुलनात्मक रुपमा बढी जोखिम भएको सेयर देखिएका छन् ।

त्यसैगरी तुलनात्मक रुपमा जोखिम कम तर औषत प्रतिफल बढी भएको सेयर रहेको देखियो । माथिका तालिकामा Coefficent Of Variance(C.V.) तथा औषत प्रतिफलको  Ranking difference सकारात्मक हुने बैंकको सेयरमा जोखिम तुलनामा औषत प्रतिफल बढी सेयर हुन् भने Coefficent Of Variance(C.V.) नकारात्मक हुने बैंकको सेयरमा औषत प्रतिफलको तुलनामा जोखिम कम नविल बैंक लिमिटेडको सेयरमा रहेको भेटियो भने औषत प्रतिफलको तुलनामा जोखिम बढी नेपाल बैंक लिमिटेडको सेयरमा रहेको देखियो ।

निष्कर्ष

क वर्गका बैंकहरुको विगत १० वर्षको औषत प्रतिफल (नगद तथा बोनस सेयर) १८.४३ प्रतिशत रहेको देखियो । औषत प्रतिफल हेर्दा सबै भन्दा बढी नविल बैंक लिमिटेडको तथा सबै भन्दा कम नेपाल बैंक लिमिटेडको रहेको भेटियो । त्यसैगरी क वर्गका बैंकहरुको सेयरको विगत १० वर्षको प्रतिफलमा औषत Coefficent Of Variance(C.V.) नेपाल बैंक लिमिटेडको तथा सबै भन्दा कम Coefficent Of Variance(C.V.) प्राइम कर्मशियल बैंक लिमिटेडको रहेको भेटियो ।

क वर्गको बैंकको सेयर बजारमा औषत प्रतिफल कम तर तुलनात्मक रुपमा बढी जोखिम भएको सेयर रहेका देखियो । त्यसैगरी तुलनात्मक रुपमा जोखिम कम तर औषत प्रतिफल बढी भएके सेयर रहेको देखियो । नाफा अधिक बनाउनको लागि एक विवेकी लगानीकर्ताले लगानी गर्दा तुलनात्मक रुपमा कम जोखिम तथा बढी प्रतिफल दिने कम्पनीका सेयरमा लगानी गर्नु उपयुक्त हुन्छ ।

(मुख्य प्रबन्धक, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड)

नेपाल पुनर्बीमा स्मारिका, २०७९ मा प्रकाशित लेख


क्लिकमान्डु