नाफा र बीमा कोषमा प्राइम, प्रिमियममा यूनियन बलियो, मर्जर प्रक्रियामा रहेका ३ कम्पनीमध्ये कुन कस्ता ?

काठमाडौं । बीमा समितिले गत चैतमा बीमा कम्पनीहरूको पुँजी वृद्धि गर्ने नीति लिएको थियो । समितिले जीवन बीमा कम्पनीलाई ५ अर्ब रूपैयाँ चुक्ता पुँजी पुर्‍याउन निर्देशन दिएको थियो । सो रकम २०७९ चैत मसान्तभित्र कायम गरिसक्नु पर्ने छ ।

पुँजी वृद्धिको नीति लिएपछि प्राइम लाइफ, गुराँस लाइफ र यूनियन लाइफले वैशाख २९ गते मर्जरको सम्झौता गरेका थिए ।

एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा सहमति गरी त्यसका लागि सहमति पाउन संयुक्त रूपमा बीमा समितिमा निवेदन दिएका यी कम्पनीहरूलाई बीमा समितिले सैद्दान्तिक सहमतिसमेत दिइसकेको छ ।

कम्पनीहरूले प्रकाशित गरेको वित्तीय विवरणअनुसार खुद नाफा आर्जन, बीमा कोष र जगेडा कोषमा अगाडि छ । यूनियन लाइफ जगेडा कोष र खुद बीमाशुल्क संकलन र जगेडा कोषमा अघि छ ।

खुद नाफा

गत आर्थिक वर्ष २०७८/७९ मा प्राइम लाइफ इन्स्योरेन्सले २२ करोड ८८ हजार रूपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको तुलनामा प्राइमका खुद नाफा २८.६१ प्रतिशतले घटेको हो ।

अघिल्लो आवको तुलनामा गत आवमा गुराँस लाइफ इन्स्योरेन्सको नाफा ४४.२७ प्रतिशतले बढेर १७ अर्ब ५१ करोड रूपैयाँ पुगेको छ । यस्तै, अघिल्लो आवको तुलनामा यूनियन लाइफको खुद नाफा ९०.२३ प्रतिशतले घटेर १ करोड २७ लाख रूपैयाँमा सीमित भएको छ ।

अघिल्लो आवमा इन्स्योरेन्सले १३ करोड ३ लाख ३९ हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।

गत आवमा यूनियनले नोक्सानी व्यवस्थाको लागि २० करोड ६९ लाख ३५ हजार रूपैयाँ छुट्याएको छ । कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणअनुसार अघिल्लो आवमा इन्स्योरेन्सले नोक्सानी व्यवस्थाको लागि २ करोड ४ लाख ५१ हजार रूपैयाँ छुट्याएको थियो ।

दोस्रो बजारमार्फत् सेयरमा लगानी गरिएको र हाल निरन्तर सेयरको मूल्यमा गिरावट आएको कारणले खुद नाफा घट्न गएको कम्पनीले बताएको छ । सेयरको मूल्यमा सुधार आउँदा पुनः नाफा बढ्ने कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख छ ।

कम्पनीहरूले हाल प्रकाशन गरेको वित्तीय विवरण बीमांकीय मूल्यांकन अगाडि प्रतिवेदन हो । बीमांकीय मूल्यांकनपछि भने कम्पनीको नाफा तथा घाटामा हुने रकम फरक पर्छ ।

खुद बीमाशुल्क

गत आवमा यूनियन लाइफले ७ अर्ब ५९ करोड ४२ लाख रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । प्राइमले ४ अर्ब ६१ करोड रूपैयाँ र गुराँसले ३ अर्ब ५० करोड रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।

अघिल्लो आवको तुलनामा यूनियनको खुद बीमाशुल्क १५.२८ र प्राइम लाइफको १५.७९ प्रतिशतले बढेको छ भने गुराँस लाइफका १६.१३ प्रतिशतले घटेको छ ।

जगेडा कोष

३ मध्ये जगेडा कोषमा यूनियन लाइफ मजबुत छ । गत आवमा यूनियनको जगेडा कोषमा १ अर्ब ७ करोड ९६ लाख रूपैयाँ सञ्चित छ । अघिल्लो आवको तुलनामा यूनियनको जगेडा कोषको आकार ४०.४२ प्रतिशतले बढेको हो ।

गुराँसको जगेडा कोषमा ५८ करोड ७४ लाख रूपैयाँ र प्राइमको जगेडा कोषमा ५३ करोड २९ लाख रूपैयाँ सञ्चित छ ।

बीमा कोष

३ कम्पनीमध्ये बीमा कोषमा प्राइम बलियो छ । प्राइमको बीमा कोषमा १८ अर्ब ५५ करोड ९२ लाख रूपैयाँ सञ्चित छ । अघिल्लो आवको तुलनामा प्राइमको बीमा कोषको आकार २६.२९ प्रतिशतले बढेको हो । गुराँस लाइफको बीमा कोषमा १२ अर्ब ४५ करोड रूपैयाँ र यूनियन लाइफको बीमा कोषमा ११ अर्ब २७ करोड रूपैयाँ सञ्चित छ ।

प्रतिसेयर आम्दानी

३ कम्पनीमध्ये गुराँस लाइफको प्रतिसेयर आम्दानी सबैभन्दा धेरै छ । गत आवमा प्राइम लाइफको प्रतिसेयर आम्दानी ७.९२ रूपैयाँ छ ।

त्यसपछि प्राइम लाइफको प्रतिसेयर आम्दानी ७.९२ रूपैयाँ र यूनियन लाइफको प्रतिसेयर आम्दानी ०.५९ रूपैयाँ रहेको छ ।

क्लिकमान्डु