राष्ट्रिय सहकारी बैंकद्वारा सहकारी पहिचान सहितको कोप कार्ड सेवा सुरु



काठमाडौँ । राष्ट्रिय सहकारी बैंकले सहकारी पहिचान सहितको कोप कार्डको सेवा सुरु गरेको छ ।

स्मार्टच्वाइस टेक्नोलोजिज (एससीटी), राष्ट्रिय सहकारी बैंक र ग्लोबल आइएमई बैंकको सहकार्यमा उक्त सेवा शुरु गरेको हो ।
नेपाल राष्ट्र बैंकको नीति तथा निर्देशन अनुरुप यस स्मार्टच्वाइस टेक्नोलोजिजले समग्र भुक्तानी प्रणालीमा र विद्युतीय कारोवारमा एटीएम कार्ड, स्मार्ट क्यूआर र मोवाइल बैंकिङ मार्फत सेवा दिँदै आएकोे छ । अहिलेसम्म बैंक तथा वित्तीय संस्थाहरुलाई मात्र सुबिधा पु¥याउँदै आइरहेकोमा अब सहकारीमा पनि यो सेवा शुरु गरेको हो ।

अब सहकारीहरुले पनि न्यूनतम लागतमा सहजै एटीएम कार्ड जारी गर्न सक्ने प्रविधि र प्रकिया मिलाईएकोे छ । विगत केही समय अगाडि एससीटीले १०० भन्दा बढी सहकारीहरुलाई कार्ड सेवा दिइसकेता पनि यसलाई अझ बढी प्रभावकारी बनाउन र सहकारीका सबै सदस्यलाई सेवा पु¥याउन राष्ट्रिय सहकारी बैंकको सहकार्यमा बैंकमा आबद्ध सम्पूर्ण सहकारीहरुलाई एउटै ब्राण्डको कोप कार्ड जारी गरी संचालनमा ल्याउन लागेको हो ।

यसरी प्रदान गर्ने कार्ड अन्तर्राष्ट्रिय स्तरको चिप कार्ड र कन्टाक्टलेश प्रबिधिमा आधारीत हुनेछ । नेपाल तथा भारतका एटीएम÷पोस जुनसुकै स्थानबाट सहजै चलाउन सकिने छ । यस कोप कार्ड ग्लोबल आइएमई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंक मार्फत सहकारीहरुले जारी गर्नेछन ।

सहकार्य पश्चात सम्पूर्ण सहकारीहरुले सजिलै राष्ट्रिय सहकारी बैंकमा सम्पर्क गरि कोप कार्ड जारी गर्न सक्नेछन । सहकारीहरुले आफनो सदस्यहरुलाई कोप कार्डको वितरण गरेपछि सहकारीमा आबद्ध सदस्यहरुले आफ्नो सहकारीको खातावाट जुनसुकै बेला जहाँबाट पनि एटीएम मार्फत रकम निकाल्न सक्नेछन ।

पोसको माध्यमबाट कुनै पनि सेवा वा वस्तु खरिद गर्न सक्नेछन । यो सुविधाका कारण सदस्यहरुको सहकारी प्रति विश्वास बढ्दै जाने, नगद कारोबार कम भएर औपचारिक रुपमा बचत परिचालन हुने र वित्तीय सेवा २४ घण्टा उपलब्ध हुनेछ ।
यस सहकार्यले समग्र सहकारी क्षेत्रको भुक्तानी प्रणालीमा र विद्युतीय कारोवारमा पहुँच बढदै जाने र साधारण बैंकिङ कारोवारको लागि बैंक गइरहनु पर्ने बाध्यतावाट मुक्ति दिनेछ र सहकारीहरुको विकासमा थप योगदान पुग्न जाने आशा लिईएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सार्वजनिक निजी र सहकारी क्षेत्रको सहभागिता एवम् विकास मार्फत उपलब्ध साधन श्रोतको अधिकतम परिचालनद्वारा तीब्र आर्थिक बृद्घि हाँसिल गर्दै दिगो आर्थिक विकास गर्दै शोषणरहित समाजको निर्माण गर्ने लक्ष्य सरकारले लिँदै आएको बताइन् ।

राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईले यो सेवाद्धारा सहकारीहरुलाई विद्युतीय कारोवारका लागि थप प्रबिधियुक्त सुविधाहरू दिँदै जाने र सहकारीहरुलाई अझ सवल बनाउँदै जाने विश्वास ब्यक्त गरे ।
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बैंकले यस सहकार्यमा सहभागी भई सहकारी क्षेत्रमा पनि केहि टेवा पुरयाउन पाएकोमा खुशी ब्यक्त गरे ।


क्लिकमान्डु