आर्थिक मन्दीको चेतावनीः अमेरिकनलाई बिल भुक्तानीमा कठिनाइ



सीएनएन । के अमेरिकाको अर्थतन्त्र अहिले नै मन्दीमा पुगेसकेको छ ? यो केन्द्रीय बैंक, लगानीकर्ता तथा अर्थशास्त्रीहरुमा बहसको विषय बनेको छ । यसमा राजनीतिज्ञहरुलाई जोडिएको छैन ।

तर एउटा विषय भने स्पष्ट छ । केही उपभोक्ता, विशेष गरी धनी व्यक्तिहरुलाई समयमै बिल भुक्तानीमा समस्या देखिन शुरु भइसकेको छ ।

क्रेडिट कार्ड कम्पनी र वायरलेस क्यारियर्सहरुले यसै साता आर्थिक मन्दीको संकेत दिइसकेका छन् ।

गत बिहीबार क्वाटर्ली आमदानी तथा सेयर बजारमा आएको गिरावटका कारण क्रेडिट कार्ड जायन्ट डिस्कोभर (डीएफएस) र क्यापिटल वन (सीओएफ) दुबैले विशेषज्ञहरुको अपेक्षा पूरा गर्न सकेका छैनन् ।

पछिल्लो समय समयमै बिल भुक्तानी नगर्नेहरुको संख्या बढ्दै गएको छ । बैंकहरुले पनि भविष्यमा हुने घाटा कम गर्नका लागि रिजर्भ बढाउन थालेका छन् । अबको केही महिनामा अर्थतन्त्रको दिशा कस्तो हुनेछ भन्ने संकेत देखिने अपेक्षा गरिएको छ ।

अर्थतन्त्रमा समस्या आउनुमा धेरै कारकहरु मानिन्छन् । हाल मूल्यवृद्धि तीव्र गतिमा भइरहेको छ साथै फेडले पनि मूल्य नियन्त्रणका लागि ब्याजदर पनि बढाएको छ । तर यसको अपेक्षाकृत असर भने केही समयपछि मात्रै देखिनेछ । उच्च ब्याजदरका कारण अर्थतन्त्रको गति सुस्त हुनेछ ।

‘उपभोक्ताको टाउको दुखाइ मूल्यवृद्धि तथा उच्च ब्याजदर नै हो । मूल्यवृद्धि उपभोक्ताका बचत तथा मुद्रा सञ्चिति घटाइरहेको छ । यदि वस्तु तथा सेवाको मूल्य बढिरह्यो भने यसले पारिश्रमिक बढाउनेछ,’ क्यापिटल वानका सीइओ रिचार्ड फेयरबैंकले भने ।

उच्च ब्याजदरले समेत उपभोक्ताको भुक्तानी बढाउने उनको भनाइ छ । तर यो बैंकको हकमा मात्रै लागू छैन ।

एटी एण्ड टी (टी)ले बिहीबार प्रकाशित गरेको रिपोर्टमा वायरलेस उपभोक्ताहरुले मासिक भुक्तानीमा ढिलाइ गर्न शुरु गरिसकेका छन् ।

‘हामीहरु अहिले नै कोरोना महामारीको समयभन्दा खराब ऋण बढ्न थालेको देख्न सक्छौं,’ एटी एण्ड टी (टी)का सीइओ जोन स्ट्यांकीले एक कन्फरेन्स कलमार्फत् भनेका छन् ।

यद्यपि स्ट्यांकीका अनुसार उपभोक्ताहरुले केही समयपछि बिल भने
भुक्तानी गर्ने बताए । एटी एण्ड टी (टी)का चिफ फाइनान्सियल अफिसर पास्कल डेस्रोचेसले यो मन्दीको संकेत भएको बताए ।


क्लिकमान्डु