बैंकको बेसरेट बढ्दा ऋणी परे मारमा, कुन बैंकको कति ?



काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आइपुग्दा वाणिज्य बैंकको आधारदर (बेस रेट) बढेको छ । बैंकहरुले प्रकाशित गरेको वित्तीय अवस्था हेर्दा औसतमा आधारदर २.१९ प्रतिशत बिन्दुले बढेको छ ।

बैंकहरुले कर्जा प्रवाह गर्दा आधारदरका आधारमा ब्याजदर तोक्छन् । आधारदर न्यूनतम कर्जाको सीमा हो । कर्जाको प्रकृति अनुसार तोकिएको आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थपिन्छ ।

बैंकको आधारदर बढ्दा त्यसको असर ब्याजदरमा पर्छ । बैंकको आधारदरमा केही प्रतिशत प्रिमियर थपेर कर्जामा ब्याजदर तोक्छन् । बैंकहरुले आधारदर भन्दा तल झरेर कर्जा दिँदैनन् ।

अहिले बैंकहरुले १० प्रतिशतभन्दा कममा बैंकले कर्जा दिने सम्भावना न्यून छ । ऋणीहरुले कर्जा लिँदा पनि पहिले आधारदरमा ध्यान दिने गरेको पाइन्छ ।

आधारदर बढी भएका बैंकबाट कर्जा लिदा ऋणीलाई ब्याजदर बढी पर्ने गर्दछ । यसले गर्दा ऋणीको लागत बढ्न जान्छ । चैत मसान्तसम्म आइपुग्दा बैंकहरुको आधारदर निकै बढेको छ ।

गत आवको चैत मसान्तसम्म वाणिज्य बैंकको आधारदर औषतमा ६.९ प्रतिशत थियो । चालु आवको सोही अवधिमा आइपुग्दा बढेर ९.०९ प्रतिशत छ ।

चैत मसान्तसम्म आइपुग्दा सबै बैंकको आधारदर बढेको छ । केही बैंकको आधारदर थोरै प्रतिशत बिन्दुले बढेको छ भने केहीको धेरै नै बढेको छ ।

चैत मसान्तसम्म आइपुग्दा आधारदर १० प्रतिशत भन्दा बढी हुने बैंकमा मेगा बैंक र सनराइज बैंक रहेको छ । गत आवको चैत मसान्तमा मेगा बैंकको आधारदर ७.५९ प्रतिशत रहेकोमा चालु आवको सोही अवधिमा आइपुग्दा १०.१० प्रतिशत पुगेको छ ।

यस्तै सनराइज बैंकको आधारदर गत आवको चैत मसान्तमा ७.५९ प्रतिशत रहेकोमा चालु आवको सोही अवधिमा आइपुग्दा १०.११ प्रतिशत पुगेको छ ।

चैत मसान्तसम्म आइपुग्दा १५ वटा बैंकको आधारदर ९ प्रतिशत भन्दा बढी रहेको छ । गत आवको सोही अवधिमा सबैभन्दा बढी आधारदर सिभिल बैंकको ७.८२ प्रतिशत रहेको थियो । बाँकी बैंकको आधारदर त्यो भन्दा पनि कम रहेको थियो ।

चैत मसान्तमा आइपुग्दा सानिमा बैंकको ९ प्रतिशत, नेपाल बंगलादेश बैंकको ९.१०, नेपाल एसबीआई बैंकको ९.२६, एनसीसी बैंकको ९.२८, प्रभु बैंकको ९.२९, एनआईसी एशिया बैंकको ९.३९, हिमालयन बैंकको ९.५०, सिद्धार्थ बैंकको ९.५३, माचापुच्छ्रे बैंकको ९.६३, सेञ्चुरी बैंकको ९.६३, लक्ष्मी बैंकको ९.६४, प्राइम बैंकको ९.६८, सिटिजन्स बैंकको ९.८१, कुमारी बैंकको ९.८५ र सिभिल बैंकको ९.९४ प्रतिशत रहेको छ ।

बैंकहरुले प्रकाशित गरेको चैत मसान्तसम्मको वित्तीय अवस्था हेर्दा सबैभन्दा कम आधारदर नेपाल राष्ट्रिय वाणिज्य बैंकको रहेको छ । बैंकको आधारदर ७.३१ प्रतिशत रहेको छ भने राष्ट्रिय वाणिज्य बैंकको आधारदर ७.५५ प्रतिशत रहेको छ ।

आठ प्रतिशतभन्दा बढी आधारदर हुने बैंकमा नेपाल इन्भेष्टमेन्ट बैंकको ८.०६, नेपाल बैंकको ८.१९ प्रतिशत, नबिल बैंकको ८.२२ प्रतिशत, कृषि विकास बैंकको ८.२८, एभरेष्ट बैंकको ८.३६, ग्लोबल आइएमई बैंकको ८.९५, बैंक अफ काठमाण्डूको ८.९६ र एनएमबी बैंकको आधारदर ८.९६ प्रतिशत रहेको छ ।


क्लिकमान्डु