गभर्नर अधिकारीसँग अर्थमन्त्रीको असन्तुष्टीः नेपाल श्रीलंका बन्दैन, राष्ट्र बैंकमा अनुशासन भएन



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग असन्तुष्टी जनाएका छन् ।

राष्ट्र बैंकले आयोजना गरेको अर्थ र वित्त सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री शर्माले राष्ट्र बैंकले मन्त्रालयमा पठाएको सुझाव मिडियामा चुहाएकोमा असन्तुष्टी जनाएका हुन् ।

उनले राष्ट्र बैंक नियमनकारी निकायमात्र नभएको भन्दै अर्थतन्त्रको बारेमा अध्ययन अनुसन्धान गर्ने संस्था भएको भन्दै त्यसमा जिम्मेवार नभएकोमा असन्तुष्टी व्यक्त गरे ।

अर्थमन्त्री शर्मा बोल्नु अगाडि बोलेका गभर्नर अधिकारीले अर्थतन्त्र श्रीलंकाको बाटोमा जानसक्ने खतरा देखाएका थिए । त्यसमा अर्थमन्त्री शर्माले नेपाली अर्थतन्त्र श्रीलंकाको बाटोमा जान लागेकोमा आंतकित नपार्न समेत अनुरोध गरे ।

अर्थतन्त्रमा समस्या भएपनि श्रीलंकाको बाटोमा नगएको भन्दै सुधार गर्ने विषयमा बहस गर्न आग्रह गरे ।

पर्यटकको संख्या बढाउन विभिन्न नीतिहरु बनाएको र काम गरिरहेको भन्दै सेवा क्षेत्रमा खास गरेर सूचना प्रविधि क्षेत्रबाट फरक ढंगले विदेशी मुद्रा ल्याउन सक्ने सम्भावना रहेको बताए ।

‘साढे ६ महिनाको वस्तु तथा सेवा आयात धान्ने विदेशी सञ्चिती छ, यसलाई अब घट्न दिनु हुँदैन,’ अर्थमन्त्री शर्माले भने ।

उनले डिजिटल प्रणालीले सकारात्मकसँगै नकारात्मक प्रभाव पारेको बताए ।

‘मैले ५ महिनाअघि क्रिप्टोकरेन्सीले पार्ने प्रभावको बारेमा गभर्नरसाबलाई भनेको थिए, मैले त्यो बेला यसको बारेमा बुझेको पनि थिएन, क्रिप्टो हाइपर फण्डको बारेमा हामीले बुझ्न सकेनौ,’ अर्थमन्त्रीले शर्माले भने ।

उनले गभर्नर अधिकारीले भने स्थायीत्व बारेमा समेत प्रश्न गर्दै राष्ट्र बैंकले आफ्नो अनुसन्धानबाट अध्ययन अनुसन्धान गरेर प्रक्षेपण गर्न नसेको बताए ।

‘स्थायीत्व मात्रै भनेर भएन, हामीले अध्ययन अनुसन्धान गर्न सकेनौ, यसबाट सिक्दै जाने हो,’ अर्थमन्त्री शर्माले भने ।

उनले वित्तीय पहुँच धनी वर्गमा मात्रै सीमित रहेको भन्दै असन्तुष्टी व्यक्त गरे । उनले हाम्रो मानसिकता उत्पादनशिल क्षेत्रमा नभएको भन्दै त्यो काम अर्थमन्त्रालय र राष्ट्र बैंकले मात्रै गर्न नसक्ने बताए ।

‘खाडीमा दुःख गरेर कमाएको पैसा यहाँ बिलासिताको सामान किन्नमात्र खर्च भएको छ, परम्परागत टिप्पण्ीले मात्र अर्थतन्त्रमा गुणात्मक परिवर्तन आउने छैन,’ शर्माले थपे ।
अर्थमन्त्रीले रेमिट्यान्सको मात्र भर परेर अब बस्न नसकिने भन्दै कमाउन गएको व्यक्ति नफर्कने समेत खतरा रहेको भन्दै यही कमाउने वातावरण बनाउने बताए ।

उनले १२ दिनअघि देखि कसले एलसी खोले र त्यसको रेकर्ड आफूलाई चाहिने भन्दै गभर्नर अधिकारीलाई रेकर्ड दिन निर्देशन दिए । उनले आफूले गभर्नरसँग सल्लाहकारको हिसाबले सुझाव लिँदा दबाब दिएको भन्ने अनावश्यक आरोप लाग्ने गरेको बताए ।

‘राष्ट्र बैंकको कारण सेयर बजार घट्यो भन्छन्, ऋण बढ्यो भन्छन् मैले के भएको हो भनेर प्रश्न गर्दा हस्तक्षेप भयो भन्ने ?’ शर्माले प्रश्न गर्दै भने ।

उनले एउटा नागरिकले पैसा रोकिएको कुरा लिएर आएको र कानूनी भए पैसा खोलिदिनुभन्दा मिडियामा सूचना दिएको भन्दै गभर्नरसँग असन्तुष्टी दिए ।

यस्तै राष्ट्र बैंकले दिएको सुझाव अर्थमन्त्रालयमा नआउदै मिडियामा चुहिएको अर्थमन्त्रीले असन्तुष्टी व्यक्त गरे ।


क्लिकमान्डु