चालु आवमा ३७ कम्पनीले गरे ओटीसीमार्फत् कारोबार, कुन कम्पनीको कति सेयर मूल्य ?



काठमाडौं । पछिल्लो समय ओभर द काउन्टर (ओटीसी) बजारमा कारोबार गर्ने कम्पनीहरुको संख्या बढ्दै गएको छ ।
चालु आर्थिक वर्षको हालसम्म ३७ वटा कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दर्ता भएर ओटीसी बजारमार्फत् कारोबार गरिसकेका छन् ।

चालु आर्थिक वर्षमा ३७ वटा कम्पनीको १ करोड २३ लाख १९ हजार ७६१ कित्ता सेयर १ अर्ब ५९ करोड ५२ लाख ८५ हजार ५५२ रुपैयाँको सेयर किनबेच भएको छ ।

ओटिसीमा सूचीकरण नभएका तथा सूचीकरण खारेजी मात्रै नभएर आइपीओ जारी गर्न बाँकी रहेका वा विविध कारणले सूचीकरण हुन ढिलाइ भएका कम्पनीहरुले पनि ओटिसीमार्फत् सेयर कारोबार गर्दै आएका छन् । नेप्सेका अनुसार हालसम्म ओटीसीमा फागुन १५ गतेसम्म ४१ वटा कम्पनी दर्ता भएका छन् ।

सेयर बजारमा ब्रोक्ररको सहयोग बिना सिधै स्टक एक्सचेन्जमार्फत् कारोबार गर्न सकिने प्रणालीलाई ओटिसी भनिन्छ ।

नेप्सेले सूचिकरणबाट हटाएका पब्लिक सेयर जारी नगरेका कम्पनीको कारोबार ओटिसीमा हुने गरेको छ । विदेशमा यस्तो बजार निकै प्रचलनमा छ । सार्वजनिक निष्काशन नगरेका कम्पनीले स्वामित्व परिवर्तनको लागि ओटिसीलाई रोज्ने गर्छन् ।

ओटिसी बजारमा कारोबार गर्ने कम्पनीमा एनसेल एक्जिएटा, वर्ल्डलिंक कम्युनिकेशन, सन नेपाल लाइफ इन्स्योरेन्सलगायत कम्पनी छन् ।

कुन कम्पनीको कति कारोबार ?
नेप्सेका अनुसार ओटीसी बजारमा चालु आवमा मात्रै लर्ड बुद्ध एकेडेमिले ६ लाख रुपैयाँको २ हजार कित्ता, होटल एलिस वोन्डर इनले ४ लाख ४० हजार रुपैयाँमा ४ हजार ६ सय कित्ता कारोबार गरेका छन् ।

साथै, रिगल कमोडिटी एण्ड डेरिभेटिभले २३ लाख २९ हजार ३०० रुपैयाँको २३ हजार २९३ कित्ता, हाईड्रो कन्सल्ट इन्जिनियरिङले ३ करोड १२ लाख १२ हजार ७६० रुपैयाँमा २९ हजार ४४६ कित्ता, वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकिङले ३ करोड ५ लाख रुपैयाँमा ३ लाख ५ हजार कित्ता सेयर कारोबार गरेका छन् ।

यस्तै हुलास मेटल क्राफ्टले ६ करोड ५३ लाख ४ हजार १०० रुपैयाँमा ६ लाख ५३ हजार ४१ कित्ता, स्मार्ट च्वाईस टेक्नोलोजीले ७ करोड ३९ लाख ४२ हजार ५७५ रुपैयाँमा ४ लाख २२ हजार ५२९ कित्ता, एनसेल एक्जियटाले १ कित्ता सेयर १ लाख २४ हजार १०० रुपैयाँमा कारोबार गरेका छन् ।

यस्तै मुक्तिनाथ क्यापिटलले १५ लाख ६ हजार रुपैयाँमा १५ हजार कित्ता, प्रभु क्यापिटलले २ करोड ४३ लाख २२ हजार ७१ रुपैयाँमा २ लाख २० हजार ७१५ कित्ता, देउखुरी सामुदायिक अस्पतालले १ करोड ३२ लाख ४१ हजार ४०० रुपैयाँमा १ लाख ३२ हजार ४१४ कित्ता, बिन्दाबासिनी हाईड्रोपावरले ९ करोड ८१ लाख ३८ हजार २०० रुपैयाँको ९ लाख ८१ हजार ३८२ कित्ता कारोबार गरेका छन् ।

सगरमाथा जलविद्युत कम्पनीले ४७ करोड ५३ लाख ६० हजार ४६२ रुपैयाँमा ३४ लाख ५७ हजार १६७ कित्ता, माईखोला हाईड्रोले २१ करोड १० लाख ६२ हजार ५०० रुपैयाँमा १५ लाख ३५ हजार कित्ता, स्मार्ट च्वाईस टेक्नोलोजीले ५ करोड ६३ लाख १३ हजार ७२० रुपैयाँमा ३ लाख १२ हजार ८५४ कित्ता, सिकलेश हाईड्रोपावरले २ करोड ४ लाख ३५ हजार ८३६ रुपैयाँमा १ लाख ९७ हजार २०० कित्ता, नेशनल मर्चेन्ट बैंकिङले १९ लाख ४० हजार ७० रुपैयाँमा १७ हजार ६३७ रुपैयाँको सेयर ओटिसी बजारमा कारोबार गरेका छन् ।

नेप्सेका अनुसार काठमाडौं मेडिकल कलेजले १० करोड १४ लाख १८ हजार ३०० रुपैयाँमा १ लाख ७४ हजार ४१० कित्ता, नेपाल पोलिटिसीनले ३१ लाख ६८ हजार ६०० रुपैयाँमा १५ हजार ८४३ कित्ता, काठमाडौं फरेस्टी कलेजले २ लाख ६८ हजार ८८२ रुपैयाँमा २३३ कित्ता कारोबार गरेका छन् ।

रिभर फल्स पावरले २ करोड १० लाख १६ हजार ३०० रुपैयाँको २ लाख १० हजार १६३ कित्ता, म्याक्स भिजनले १ करोड १८ लाख रुपैयाँमा १ लाख १८ हजार कित्ता, छिमेक बजार व्यवस्थाले १ करोड ३५ लाख ६१ हजार रुपैयाँमा १ लाख ३५ हजार ६१० कित्ता, गौरिशंकर पावरले ५ करोड ९८ लाख रुपैयाँमा ५ लाख ९८ हजार, सुपरमाइ हाईड्रोपावरले १७ करोड ४५ लाख ५२ हजार ७०० रुपैयाँमा २४ लाख ४५ हजार ५२७ कित्ता कारोबार गरेका छन् ।

सोपान मल्टिपल कम्पनीले १ करोड ८५ लाख ५४ हजार १०० रुपैयाँको १ लाख ८५ हजार ५४१ कित्ता, सन नेपाल लाइफ इन्स्योरेन्सले १८ लाख रुपैयाँको १८ हजार कित्ता, मुक्तिनाथ कृषि कम्पनीले ७४ लाख ५७ हजार ५०० रुपैयाँको ७१ हजार कित्ता ५००, भरतपुर सामुदायिक अस्पतालले ४७ लाख ७० हजार रुपैयाँको ४५ हजार कित्ता, माछापुच्छे« क्यापिटलले ३८ लाख ७६ हजार ७५ रुपैयाँको ३३ हजार ७०५ कित्ता, गोर्खा ग्रुप अफ कम्पनीले ५८ लाख २४ हजार रुपैयाँको ५५ हजार कित्ता सेयर कारोबार गरेका छन् ।


क्लिकमान्डु